२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महेश बर्तौलाले खाद्यमा रहेको विषादीबारे ख्याल गर्न आवश्यक रहेको बताए

२०८२, १३ भाद्र शुक्रबार १७:४९

काठमाडौँ | नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले खाद्यमा रहेको विषादीबारे ख्याल गर्न आवश्यक रहेको बताए ।‘बजारमा बिक्रीका लागी राखिएका विभिन्न प्रकारका खाद्यबस्तुहरुमा अत्यधिक मात्रामा विषादी र रासायनिक पदार्थको प्रयोग भइरहेको छ’ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बर्तौलाले भने ।

खाद्यमा रहेको विषादीले मानिसको प्रजनन स्वास्थ्यसम्बन्धी रोग वृद्धि गरेको पनि उनले बताए । ‘यसले जनस्वास्थ्यमा भयानक असर र चुनौती समेत सिर्जना गरिरहेको छ’ उनले अगाडि भनेका छन्, ‘खाद्यवस्तुहरूमा बढ्दो विषादी र रासायनिक पदार्थ को प्रयोगले नसर्ने प्रकृतिका प्राणघातक रोगहरु मुटु सम्बन्धी रोग, क्यान्सर, मिर्गाैला समस्या, मानसिक रोग तथा प्रजनन स्वास्थ्य सम्बन्धी रोग दिनप्रतिदिन वृद्धि भइरहेको छ ।’

यस्तो गम्भीर र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सरकारको तर्फबाट प्रभावकारी नियमन, नियन्त्रण तथा दोषीहरू प्रति कारबाहीको लागि उनले नेपाल सरकारको विशेष ध्यानाकर्षण गरे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित