१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले विधान महाधिवेशन तयारी बैठक

१३ भाद्र २०८२, शुक्रबार १८:१०

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन तयारीका सन्दर्भमा आज एमाले पार्टी कार्यालय च्यासलमा बैठक बसेको छ । केन्द्रीय जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले विधान महाधिवेशन तयारीका बारेमा जानकारी गराउँदै सक्रियताका साथ तोकिएका जिम्मेवारी पूरा गरी आसन्न महाधिवेशन सफल बनाउन जनसङ्गठनका अध्यक्ष तथा इन्चार्जहरूसँग अनुरोध गर्नुभयो ।

करिब एक हप्तामात्र समय रहेकाले अझ खटिएर तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै संयोजक ढकालले महाधिवेशनलाई भव्य, सभ्य र उपलब्धिमूलक बनाउन सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । बैठकमा महाधिवेशनलाई सफल बनाउन सङ्गठनात्मक तयारी, प्रचारप्रसार, ‘मिडिया सेन्टर’ स्थापना, स्वयंसेवक व्यवस्थापन, सबै जनसङ्गठनहरूको व्यापक सहभागिताका विषयमा विस्तृत छलफल भएको संयोजक ढकालले जानकारी दिनुभयो ।

उहाँले पार्टीको विधान महाधिवेशन एमालेको नीति र सङ्गठनात्मक यात्रामा महत्त्वपूर्ण मोड भएको भन्दै सबै जनसङ्गठनका प्रतिनिधिहरूलाई सक्रिय र जिम्मेवार भूमिकामा रहन आह्वान गर्नुभएको छ । बैठकमा एमालेका सबै जनसङ्गठनका अध्यक्ष र इञ्चार्जको सहभागिता थियो ।

एमाले विधान महाधिवेशन यही भदौ २० देखि २२ सम्म ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव