३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेयर बालेन्द्र साहले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताए

१४ भाद्र २०८२, शनिबार १३:१०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन् । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सानोमा आफूले हलिउड फिल्म हेर्दा खेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौँ महानगर प्रहरीले गरिरहेको बताए । फिल्ममा देखाइएको काम रियलमा हुनु खुसीको कुरा भएको उनले बताए । उनले काठमाडौँ महानगरबाट धेरै पालिकाहरूले काम गर्ने शैली सिक्न खोजेको पनि बताए । त्यसमा महानगर प्रहरीको ठुलो योगदान रहेको उनको भनाई छ । काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, अतिक्रमण हटाउने, महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा नगर प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

उनले भने- ‘धेरै पालिकाहरू छन्, धेरै ठाउँहरू छन् । काठमाडौँ महानगरपालिकाबाट केही सिक्न चाहन्छन् । जुन ठाउँहरूले काठमाडौँ महानगरपालिकाबाट केही सिक्न खोज्नुहुन्छ, त्यो सिकाइमा तपाईंहरुको ठुलो योगदान छ । सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि लिएर काठमाडौँ महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा तपाईँहरूको उल्लेखनीय योगदान रहेको छ । सानोमा हुँदा रमाइलो याद आउँछ, हामी हलिउड फिल्महरू हेर्थ्यौँ, पुराना पुराना फिल्महरू हेर्दा खेरी त्यसमा न्युयोर्क सिटी पुलिसको काम कारबाही हेर्दा खेरी लाग्थ्यो काठमाडौँ लगायत देशका विभिन्न पालिकाहरूमा सिटी पुलिस कस्तो हुनुपर्छ भन्ने । त्यस्ता कुराहरू सिनेमामा मात्रै हेर्न पाइन्थ्यो पहिला । र अचेल चाहिँ तपाईँहरूको काम हेर्दा खेरी कहिलेकाहीँ सिनेमा हेरेजस्तो पनि लाग्छ । त्यो चाहिँ खुसीको कुरा हो ।’

उनले थप भने- ‘काठमाडौँ महानगरपालिकालाई जसरी एउटा राजधानीको रूपमा चिनिन्छ, महानगर प्रहरी बल पनि काठमाडौँको एउटा पर्यायवाची पहिचानको रूपमा स्थापित भएको छ । तपाईंहरुले देखाउनुभएको कर्मनिष्ठा, योगदानहरू अहिलेको बितेको ३ वर्षमा मात्रै नभएर आगामी दिनहरूमा पनि विभिन्न सिटी पुलिस तथा स्थानीय सरकारहरूलाई एउटा सिकाइको रूपमा रहनेछ ।’उनले महानगर प्रहरी आगामी दिनमा पनि अन्य सिटी प्रहरी र स्थानीय तहका सरकारहरूको लागि सिकाइको रूपमा रहने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन