१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रलाई केन्द्रविन्दुमा राखेर सोच्न जरुरी : अध्यक्ष नेपाल

१४ भाद्र २०८२, शनिबार १४:५३

काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितलाई केन्द्रमा राखेर फराकिलो सोचसहित अघि बढ्न सबैलाई आग्रह गरेका छन् । शनिबार काठमाडौँमा आयोजित समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाज, राजनीति र सञ्चारजगतमा फैलिरहेको विकृति-विसंगतिका विरुद्धमा व्यापक सामाजिक रूपान्तरणको अभियान चलाउनुपर्नेमा जोड दिए ।

‘सानो चित्त नराखिकन राष्ट्रलाई केन्द्रविन्दुमा राखेर हामी सबैले सोच्न सक्नुपर्दछ,’ उनले भने, ‘यो फराकिलो सोच र मानसिकताको आवश्यकता हो, जसको अहिले अभाव खड्किरहेको छ ।’ राजनीतिमा फैलिएको प्रदूषणको सफाइमा प्रेसको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै नेपालले भने, ‘मूल ठाउँबाटै सबै कुरा प्रदूषित भयो भने प्रदूषणको स्थिति बन्ने गर्छ । अरुले प्रदूषण सफा गर्दैमा समय बित्ने स्थिती रहन्छ । यो प्रदूषण सफा गर्ने जिम्मेवारी प्रेस जगतको पनि हो ।’

उनले विकृति र विसंगतिका विरुद्ध आवाज उठाउने, जनतामा आत्मविश्वास पैदा गर्ने र निराशा चिर्ने काममा प्रेसले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे । उनले सबै आशावादी पत्रकारिताको पक्षमा रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव