२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रलाई केन्द्रविन्दुमा राखेर सोच्न जरुरी : अध्यक्ष नेपाल

२०८२, १४ भाद्र शनिबार १४:५३

काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितलाई केन्द्रमा राखेर फराकिलो सोचसहित अघि बढ्न सबैलाई आग्रह गरेका छन् । शनिबार काठमाडौँमा आयोजित समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाज, राजनीति र सञ्चारजगतमा फैलिरहेको विकृति-विसंगतिका विरुद्धमा व्यापक सामाजिक रूपान्तरणको अभियान चलाउनुपर्नेमा जोड दिए ।

‘सानो चित्त नराखिकन राष्ट्रलाई केन्द्रविन्दुमा राखेर हामी सबैले सोच्न सक्नुपर्दछ,’ उनले भने, ‘यो फराकिलो सोच र मानसिकताको आवश्यकता हो, जसको अहिले अभाव खड्किरहेको छ ।’ राजनीतिमा फैलिएको प्रदूषणको सफाइमा प्रेसको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै नेपालले भने, ‘मूल ठाउँबाटै सबै कुरा प्रदूषित भयो भने प्रदूषणको स्थिति बन्ने गर्छ । अरुले प्रदूषण सफा गर्दैमा समय बित्ने स्थिती रहन्छ । यो प्रदूषण सफा गर्ने जिम्मेवारी प्रेस जगतको पनि हो ।’

उनले विकृति र विसंगतिका विरुद्ध आवाज उठाउने, जनतामा आत्मविश्वास पैदा गर्ने र निराशा चिर्ने काममा प्रेसले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे । उनले सबै आशावादी पत्रकारिताको पक्षमा रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण