२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन् : स्वास्थ्यमन्त्री पौडेल

१८ भाद्र २०८२, बुधबार १७:२२

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न नसकेको स्वीकार गरेका छन् । बुधबार काठमाडौँमा आयोजित नेपालको राष्ट्रिय अटिजम निर्देशिका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ऐनमा समेटेर केही हदसम्म सम्बोधन गरेको विषयहरु पनि पूर्ण नभएकाले राहत महशुस हुने ढंगबाट सम्बोधन नभएको स्वीकार गर्दै यसमा नीतिगत पक्षबाट काम गर्नुपर्ने बताए ।

उनले भने,‘ हाम्रो यो अपाङ्गता ऐनले सबै कुरालाई समेट्न सकेको छैन् म त्यसलाई स्वीकार गर्छु । समेटेर केही हदसम्म सम्बोधन गरेको कुराहरु पनि पूर्ण छैनन् । एकदमै राहत महशुस हुने ढंगबाट सम्बोधन भएको छैन्, त्यो कुरा पनि स्वीकार गर्छु । यसमा हामीले नीतिगत पक्षबाट काम गर्नुपर्ने हुन्छ ।’

त्यस्तै उनले आपाङ्गता सम्बन्धी ऐनमा उल्लेख भएका बाहेक अन्य नयाँ – नयाँ समस्याहरु पनि देखिएको बताउँदै तीनिहरुलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले भने,‘नेपालमा जतिपनि आपाङ्गता सम्बन्धी विषयहरु जतिपनि छन् ,त्यो ऐनमा उल्लेख भएका बाहेक अन्य समस्याहरु पनि छन् । नयाँ – नयाँ समस्याहरु देखिएको छ । तीनिहरुलाई कहिँपनि साहारा नपाएको जस्तो ,कसैले नहेरेको जस्तो भइरहेको छ । त्यसैले यो नयाँ–नयाँ समस्याहरु जुन छन् ,यी सबैलाई सम्बोधन गर्न जरुरी छ ।’

त्यस्तै मन्त्री पौडेलले काठमाडौँको बुढालिकण्ठ वडा नं ४ मा अटिजम स्कूल भवन बन्ने प्रकृया सुरु भएको जानकारी गराए । सातै प्रदेशमा कम्तिमा एउटा अटिजम स्कूल प्रारम्भिक चरणमा आवश्यक रहेको बताउँदै उनले यसलाई दिर्घकालिन प्रोजेक्टको रुपमा अगाडि बढाउने घोषणा समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव