२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन् : स्वास्थ्यमन्त्री पौडेल

२०८२, १८ भाद्र बुधबार १७:२२

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न नसकेको स्वीकार गरेका छन् । बुधबार काठमाडौँमा आयोजित नेपालको राष्ट्रिय अटिजम निर्देशिका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ऐनमा समेटेर केही हदसम्म सम्बोधन गरेको विषयहरु पनि पूर्ण नभएकाले राहत महशुस हुने ढंगबाट सम्बोधन नभएको स्वीकार गर्दै यसमा नीतिगत पक्षबाट काम गर्नुपर्ने बताए ।

उनले भने,‘ हाम्रो यो अपाङ्गता ऐनले सबै कुरालाई समेट्न सकेको छैन् म त्यसलाई स्वीकार गर्छु । समेटेर केही हदसम्म सम्बोधन गरेको कुराहरु पनि पूर्ण छैनन् । एकदमै राहत महशुस हुने ढंगबाट सम्बोधन भएको छैन्, त्यो कुरा पनि स्वीकार गर्छु । यसमा हामीले नीतिगत पक्षबाट काम गर्नुपर्ने हुन्छ ।’

त्यस्तै उनले आपाङ्गता सम्बन्धी ऐनमा उल्लेख भएका बाहेक अन्य नयाँ – नयाँ समस्याहरु पनि देखिएको बताउँदै तीनिहरुलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले भने,‘नेपालमा जतिपनि आपाङ्गता सम्बन्धी विषयहरु जतिपनि छन् ,त्यो ऐनमा उल्लेख भएका बाहेक अन्य समस्याहरु पनि छन् । नयाँ – नयाँ समस्याहरु देखिएको छ । तीनिहरुलाई कहिँपनि साहारा नपाएको जस्तो ,कसैले नहेरेको जस्तो भइरहेको छ । त्यसैले यो नयाँ–नयाँ समस्याहरु जुन छन् ,यी सबैलाई सम्बोधन गर्न जरुरी छ ।’

त्यस्तै मन्त्री पौडेलले काठमाडौँको बुढालिकण्ठ वडा नं ४ मा अटिजम स्कूल भवन बन्ने प्रकृया सुरु भएको जानकारी गराए । सातै प्रदेशमा कम्तिमा एउटा अटिजम स्कूल प्रारम्भिक चरणमा आवश्यक रहेको बताउँदै उनले यसलाई दिर्घकालिन प्रोजेक्टको रुपमा अगाडि बढाउने घोषणा समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण