२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : उपप्रधानमन्त्री सिंह

२० भाद्र २०८२, शुक्रबार ११:३५

काठमाडौँ | उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सामूदायिक विद्यालयहरूमा विद्यार्थीको चाप घट्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले समयानुकूल शैक्षिक संस्थाहरूले आफूलाई अनुकूल बनाउनु आवश्यक रहेको बताए । ‘अहिलेको समयमा सामूदायिक विद्यालयहरुमा विद्यार्थीको चाप घट्दै गइरहेको छ । बिल्डिङ छन्, इन्फ्रास्ट्रक्चर छन्, तर समयको मागअनुसार तिनीहरूको सदुपयोग गर्न सक्नुपर्छ,’ सिंहले भने, ‘क्याम्पसको व्यवस्थापनले अब सोच्नुपर्ने अवस्था आएको छ ।’

उनले शिक्षा प्रणालीमा आएको परिवर्तनप्रति प्रकाश पार्दै विगतको तुलनामा अहिले शैक्षिक क्षेत्र धेरै फरक भइसकेको उल्लेख गरे । ‘पहिला विषयहरू कम थिए, स्कूल पनि थोरै थिए, अहिले भने मल्टिपल च्वाइसहरू छन्,’ उनले भने, ‘शिक्षामा आएको यो परिवर्तन राजनीतिक परिवर्तनको परिणाम हो ।’

गुणस्तरीय शिक्षा लिन अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताउँदै उनले अनुशासन र मेहनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिए । उनले मेहनत बिना केही सम्भव नहुँने भन्दै अवसरको महत्व बुझ्नुपर्नेमा जोड दिए । उनले भने, ‘क्वालिटी एजुकेशन लिनका लागि अब हामीले विदेश नै जानुपर्छ भन्ने छैन । तर मेहनत बिना केही सम्भव छैन मेहनत हामी सबैले गर्नैपर्छ । अनुशासनमा बसेर प्राप्त गरेको अवसरहरुको महत्वलाई विद्यार्थीहरुले बुझ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो