२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाई केही भए पनि तपाईंहरू हुनुहुन्छ, म ढुक्क छु : प्रधानमन्त्री ओली

२०८२, २० भाद्र शुक्रबार १३:३३

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई केही भए पनि पार्टी कार्यकर्ताहरूले संगठनलाई मजबुत रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । उनले कार्यकर्ताको निष्ठा र समर्पणले आफूलाई गर्व महसुस भएको बताएका छन् ।

शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुरू भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्‌घाटन गर्दै ओलीले पार्टी कार्यकर्ताप्रतिको आफ्नो भरोसा प्रष्ट पारे । उनले भने, ‘मलाई केही भइहाल्यो भने पनि तपाईंहरू हुनुहुन्छ, म ढुक्क छु । तपाईंहरूको निष्ठा देखेर गर्व लाग्छ ।’ तर ओलीले पछिल्लो समय पार्टीभित्र देखिएको कमजोरीप्रति असन्तुष्टि पनि व्यक्त गरे । उनले अनुशासनमा कमी आएको, कतिपय कार्यकर्तामा बेलगाम हुने प्रवृत्ति बढेको र आत्मविश्वासमा कमी देखिएको टिप्पणी गरे । उनले पार्टीको आगामी यात्रामा अनुशासन, निष्ठा र आत्मबल आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले महाधिवेशनले एमालेलाई अझ अनुशासित, अनुशासित मात्र नभई संगठनात्मक रूपमा सशक्त बनाउन निर्णायक योगदान दिने विश्वास व्यक्त गरे । उनले कार्यकर्ताहरूलाई पार्टीको भविष्य र मुलुकको स्थिरतामा आफ्नो भूमिका अझ मजबुत बनाउन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन