२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाई केही भए पनि तपाईंहरू हुनुहुन्छ, म ढुक्क छु : प्रधानमन्त्री ओली

२० भाद्र २०८२, शुक्रबार १३:३३

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई केही भए पनि पार्टी कार्यकर्ताहरूले संगठनलाई मजबुत रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । उनले कार्यकर्ताको निष्ठा र समर्पणले आफूलाई गर्व महसुस भएको बताएका छन् ।

शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुरू भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्‌घाटन गर्दै ओलीले पार्टी कार्यकर्ताप्रतिको आफ्नो भरोसा प्रष्ट पारे । उनले भने, ‘मलाई केही भइहाल्यो भने पनि तपाईंहरू हुनुहुन्छ, म ढुक्क छु । तपाईंहरूको निष्ठा देखेर गर्व लाग्छ ।’ तर ओलीले पछिल्लो समय पार्टीभित्र देखिएको कमजोरीप्रति असन्तुष्टि पनि व्यक्त गरे । उनले अनुशासनमा कमी आएको, कतिपय कार्यकर्तामा बेलगाम हुने प्रवृत्ति बढेको र आत्मविश्वासमा कमी देखिएको टिप्पणी गरे । उनले पार्टीको आगामी यात्रामा अनुशासन, निष्ठा र आत्मबल आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले महाधिवेशनले एमालेलाई अझ अनुशासित, अनुशासित मात्र नभई संगठनात्मक रूपमा सशक्त बनाउन निर्णायक योगदान दिने विश्वास व्यक्त गरे । उनले कार्यकर्ताहरूलाई पार्टीको भविष्य र मुलुकको स्थिरतामा आफ्नो भूमिका अझ मजबुत बनाउन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो