२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्द गरिएका २६ मध्ये ८ सामाजिक सञ्जाल सञ्चालक कम्पनी सरकारको सम्पर्कमा

२० भाद्र २०८२, शुक्रबार १४:५२

काठमाडौँ | सरकारले बन्द गरेका २६ वटा सामाजिक सञ्जालमध्ये आठ वटा सामाजिक सञ्जाल सरकारको सम्पर्कमा आएका छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेकामध्ये सो बराबरका सामाजिक सञ्चालका सञ्चालकहरू सम्पर्कमा आएका हुन् ।

नेपालको लागि केन्द्रित गरेर सञ्चालन गरेको हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया थालेर निष्क्रिय हुनबाट जोगिएको छ । त्यसलगत्तै मेटाले समेत अनौपचारिक रूपमा सम्पर्कमा आएर सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको सञ्चार मन्त्रालयले जनाएको छ । मेटा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको सञ्चालक कम्पनी हो । त्यस्तै, शुक्रबार ट्वीटर (एक्स) ले पनि सरकारसँग आधिकारिक रूपमै सम्पर्कमा आएको मन्त्रालयमा प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।

शुक्रबार नै चिनियाँ सामाजिक सञ्जाल कम्पनी वी च्याटले समेत सरकारसँग सम्पर्कमा आएर सूचीकरणको प्रक्रियाबारे जानकारी मागेको मन्त्रालयले जनाएको छ । सरकारले बन्द गर्न निर्देशन दिएकामध्ये अब युट्युब, लिंक्ड इन, स्न्याप च्याट, –रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो र सोल सम्पर्कमा आएका छैनन् । त्यसमध्ये युट्युब, लिंक्ड इन अत्यधिक रूपमा प्रयोगमा रहेका सामाजिक सञ्जाल हुन् । स्न्याप च्याट, क्लबहाउस र ईमो सामान्य प्रयोगमा रहे पनि बाँकी भने धेरै प्रयोगमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव