२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव बेचविखन सम्बन्धि अपराधलाई जरैदेखि उन्मुलन गर्न आवश्यक

२० भाद्र २०८२, शुक्रबार १७:३८

काठमाडौँ | उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मानव बेचविखन तथा ओसारप्रसार कार्यलाई नियन्त्रण गरी प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व रहेको बताएका छन् । शुक्रबार मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवस मूल समारोहमा बोल्दै उनले मानव बेचविखन विरुद्धको कार्य मौलिक हक भएको भन्दै प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालको विद्यमान संविधानले कसैलेपनि बेचविखन गर्न, दास बनाउन पाइने छैन भनि मानव बेचविखन विरुद्धको कार्यलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । मानव बेचविखन तथा ओसारप्रसार विश्वव्यापी सञ्जालका रुपमा फैलिएको अपराधजन्य कार्य हो । यस्तो कार्यलाई नियन्त्रण गरी पीडित तथा प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हो ।’उनले अन्तर्राष्ट्रिय श्रम संगठन र अन्तर्राष्ट्रिय आप्रवासन श्रमसंगठनको अनुमान अनुसार विश्वमा पाँच करोड मानिसहरु आधुनिक दासताको जीवन बिताउन बाध्य भएको बताए ।

मन्त्री सिंहले वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण मानव बेचविखनका दलालहरुको लागि अवसर बन्न पुगेको पनि बताए । ‘गरिव, विपन्न मुलुकभित्र हुने आन्तरिक द्वन्द्व, जलवायु परिवर्तन, शिक्षा र रोजगारीका अवसरमा गिरावट आदीका कारण आधुनिक दासता र बेचविखनले प्रसय पाइरहेको अवस्था छ । वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण पनि श्रम र आप्रवासनसँग जोडिएको विषय मानव बेचविखनका दलालहरुको लागि उर्वन भूमि बन्न पुगेको छ,’ उनले भने । यस्तै, उक्त कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह (सुडी)ले मानव बेचविखनको अपराधलाई जरैदेखि उन्मुलन गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरु अनुमोदन गरी कार्यान्वयन गरिरहेको बताए ।

उनले भने, ‘मानव बेचविखनको अपराधलाई जरैदेखि उन्मुलन गर्न, पीडितलाई तत्काल न्याय दिलाउन र पिडकलाई कानूनी दायरामा ल्याउन सरकारले राष्ट्रिय कानूनको निर्माण तथा कार्यान्वयन र अन्तर्राष्ट्रिय महासंन्धी, आलेख, सम्झौताहरुलाई अनुमोदन गरी सोही बमोजिम कानून निमार्ण तथा परिमार्जन गर्न सस्थागत संयन्त्रको निमार्ण गरी कार्यान्वयन गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव