२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक बच्चीलाई गाडीले छोयो, उपचार खर्च पार्टीले बेहोर्छ : प्रधानमन्त्री ओली

२१ भाद्र २०८२, शनिबार ११:५६

काठमाडौँ | प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनमा आउने प्रतिनिधि कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको विषयलाई राजनीतीकरण गर्न खोजिएको भन्दै दु:ख व्यक्त गरेका छन्।

महाधिवेशनको दोस्रो दिनको सत्रमा सहभागी हुन जाँदै गरेका प्रदेशमन्त्री मगर सवार को १ झ ६९९ नम्बरको सरकारी गाडीले आज बिहान ७ बजेतिर ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धि माध्यमिक विद्यालयअगाडि सडकमा स्थानीय ११ वर्षीया उषा मगर सुनुवारलाई ठक्कर दिएको थियो। त्यसपछि आक्रोशित स्थानीयले केही बेर सडक अवरुद्ध गरेको थिए। बालिका उपचारका लागि लाग्ने सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी अस्पताल पठाइएको अध्यक्ष ओलीले जानकारी दिए। अहिले घाइते बालिकाको उपचार बीएन्डबी अस्पतालमा भइरहेको छ।

‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो। अस्पताल लगिसकियो। त्यस्तो कुनै नियत थिएन। पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ। घटनाप्रति दुःख व्यक्त गर्दछु। कहिले-कहिले यस्ता अप्रिय घटना हुन्छन्। त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन विलम्ब हुन गयो’ अध्यक्ष ओलीले भने, ‘भवितव्य घटना भएको हो। त्यस्तो क्षति पनि भएको छैन। यसमा हामी पनि दुःखी भएका छौँ र बच्चीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’दुर्घटनाकै कारण विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रम निर्धारित समय बिहान ८ बजेभन्दा एक घण्टा ढिला सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव