२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय सहकार्यबिना स्वास्थ्य समस्या समाधान सम्भव छैन : सभामुख घिमिरे

२०८२, २१ भाद्र शनिबार १३:१०

काठमाडौँ | सभामुख देवराज घिमिरेले स्वास्थ्य चुनौती एक देशको समस्या मात्र नभएकाले अन्तरराष्ट्रिय समुदाय मिलेर यसको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रममा उनले स्वास्थ्य समस्या एक देशमा मात्र सीमित नरहेका, ती विश्वव्यापी छन् भन्दै तिनको समाधान पनि सामूहिक रुपमा गर्नुपर्ने बताए । उनले भने, “साझा दृष्टिकोण र सहकार्यद्वारा समस्याको समाधान खोजौँ, यो अन्तरराष्ट्रिय सहभागिताले त्यस दिशामा काम गरोस् ।”

सभामुख घिमिरेले ज्ञान, प्रविधि र सहकार्यका तीन आधारस्तम्भलाई एउटै मञ्चमा राखेर काम गर्नुपर्ने उनले बताए । कार्यक्रममा चीन, भारत र नेपालका स्त्री रोगविशेषज्ञ सहभागी छन् । देशको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा व्याख्या गरेको बताउँदै सभामुख घिमिरेले स्वास्थ्यसम्बन्धी नीतिनिर्माणमा आफू प्रतिबद्ध रहेको उल्लेख गरे । उनले महिला स्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको बताउँदै सन् २००० यता मातृ मृत्युदर ७० प्रतिशतले घटेको जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य चन्दा कार्कीले देशका ग्रामीण क्षेत्रमा प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि सरकारीस्तरमा नै आवश्यक प्रयास हुनुपर्ने बताए । स्वास्थ्य तथा जनसङ्ख्यांख्या मन्त्रालयका सचिव विकास देवकोटाले स्त्रीरोग सेवालाई प्रभावकारी बनाउन सरकारले तल्लो तहदेखि नै सहयोग गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण