२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुला रूपमा फोहोर जलाउने प्रथा अन्त्य गरौं : मन्त्री ठकुरी

२०८२, २१ भाद्र शनिबार १३:२४

काठमाडौँ | वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको हिमाल औसतभन्दा दोब्बर गतिमा तातिरहेको कारण हिमनदी, जैविक विविधता र करोडौं मानिसको जनजीवन जोखिममा परेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित दक्षिण एशियाली क्षेत्रीय संवादलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले दक्षिण एशियामा फोहोर खुला रूपमा जलाउने प्रथा अन्त्य गर्न रूपान्तरणात्मक कार्य आवश्यक रहेको बताए ।

उनले खुला रूपमा फोहोर जलाउने प्रथा जलवायु संकट र प्रदूषणको मुख्य तर प्रायः बेवास्ता गरिएको विषय रहेको भन्दै यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी रहेको बताए ।‘हामी जलवायुजन्य विपद् तथा यसको उच्चतम् प्रदूषणस्तरको उच्चतम् जोखिममा पनि छौं । फोहोर खुला रूपमा जलाउने प्रथा यस संकटको महत्वपूर्ण तर प्रायः बेवास्ता गरिएको एउटा विषय हो,’ उनले भने ।

मन्त्री ठकुरीले पेरिस सम्झौताअन्तर्गत नेपालले कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जा विस्तार गर्ने, विद्युतीय यातायात प्रवर्वद्ध गर्ने र दिगो वन सुदृढ गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै यसको लागि खुला रूपमा फोहोर जलाउने प्रथा अन्त्य गर्नु जरुरी रहेको दोहोर्‍याए ।‘यसले हाम्रा शहर तथा गाउँहरूको वायु प्रदूषण मात्र गर्दैन यसले ब्ल्याक कार्बन जस्ता छोटो अवधिका प्रदुषक उत्सर्जन गरी हिमालहरूको हिउँ पग्लिने गतिलाई समेत द्रूत बनाइरहेको छ’ उनले भने, ‘नेपालको सन्दर्भमा यो विषय गम्भीर बन्दै गएको छ किनकी हाम्रो हाम्रो हिमाल औसतभन्दा दोब्बरको गतिमा तातिरहेको छ ।’

उनले थपे, ‘यसले हिमनदीहरू, जैविक विविधता र करोडौं मानिसहरूको जनजीवनलाई समेत जोखिममा पारेको अवस्था छ ।’मन्त्री ठकुरीले पेरिस सम्झौताअन्तर्गत नेपालले निर्धारित योगदान एनडीसीमार्फत कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जाको विस्तार गर्ने, विद्युतीय यातायात प्रवर्द्धन गर्ने र दीगो वन सुदृढ गर्ने प्रतिबद्धता जनाएका स्मरण गरे । उनले शुन्य फोहोर र परिचक्रीय अर्थतन्त्रको सिद्धान्तलाई सरकारले अघि बढाइरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण