२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुला रूपमा फोहोर जलाउने प्रथा अन्त्य गरौं : मन्त्री ठकुरी

२१ भाद्र २०८२, शनिबार १३:२४

काठमाडौँ | वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको हिमाल औसतभन्दा दोब्बर गतिमा तातिरहेको कारण हिमनदी, जैविक विविधता र करोडौं मानिसको जनजीवन जोखिममा परेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित दक्षिण एशियाली क्षेत्रीय संवादलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले दक्षिण एशियामा फोहोर खुला रूपमा जलाउने प्रथा अन्त्य गर्न रूपान्तरणात्मक कार्य आवश्यक रहेको बताए ।

उनले खुला रूपमा फोहोर जलाउने प्रथा जलवायु संकट र प्रदूषणको मुख्य तर प्रायः बेवास्ता गरिएको विषय रहेको भन्दै यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी रहेको बताए ।‘हामी जलवायुजन्य विपद् तथा यसको उच्चतम् प्रदूषणस्तरको उच्चतम् जोखिममा पनि छौं । फोहोर खुला रूपमा जलाउने प्रथा यस संकटको महत्वपूर्ण तर प्रायः बेवास्ता गरिएको एउटा विषय हो,’ उनले भने ।

मन्त्री ठकुरीले पेरिस सम्झौताअन्तर्गत नेपालले कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जा विस्तार गर्ने, विद्युतीय यातायात प्रवर्वद्ध गर्ने र दिगो वन सुदृढ गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै यसको लागि खुला रूपमा फोहोर जलाउने प्रथा अन्त्य गर्नु जरुरी रहेको दोहोर्‍याए ।‘यसले हाम्रा शहर तथा गाउँहरूको वायु प्रदूषण मात्र गर्दैन यसले ब्ल्याक कार्बन जस्ता छोटो अवधिका प्रदुषक उत्सर्जन गरी हिमालहरूको हिउँ पग्लिने गतिलाई समेत द्रूत बनाइरहेको छ’ उनले भने, ‘नेपालको सन्दर्भमा यो विषय गम्भीर बन्दै गएको छ किनकी हाम्रो हाम्रो हिमाल औसतभन्दा दोब्बरको गतिमा तातिरहेको छ ।’

उनले थपे, ‘यसले हिमनदीहरू, जैविक विविधता र करोडौं मानिसहरूको जनजीवनलाई समेत जोखिममा पारेको अवस्था छ ।’मन्त्री ठकुरीले पेरिस सम्झौताअन्तर्गत नेपालले निर्धारित योगदान एनडीसीमार्फत कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जाको विस्तार गर्ने, विद्युतीय यातायात प्रवर्द्धन गर्ने र दीगो वन सुदृढ गर्ने प्रतिबद्धता जनाएका स्मरण गरे । उनले शुन्य फोहोर र परिचक्रीय अर्थतन्त्रको सिद्धान्तलाई सरकारले अघि बढाइरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो