२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाडपर्वले समृद्ध राष्ट्र निर्माणमा प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव

२०८२, २१ भाद्र शनिबार १४:४७

काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत) पर्वका अवसरमा शुभकामना दिएका छन्। उनले यस पर्वले नेपाली समाजमा आध्यात्मिक चेतना, नैतिकता तथा राष्ट्रिय एकताको भावना सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणमा सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत) पर्व, २०८२ को पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘यी जात्रा र पर्वहरू भूगोल, क्षेत्र, समुदाय तथा परम्परागत नामअनुसार फरकफरक शैली र नामले मनाइए पनि सबैको साझा उद्देश्य हाम्रो राष्ट्रियता, अखण्डता, पारस्परिक प्रेम, भ्रातृत्व, सौहार्द, सहयोग र एकताको भावना विकास गर्नु हो ।’जीवित कुमारीको पूजा तथा रथयात्रा, लिङ्गो ठड्याउने परम्परा, भैरव नाच, गणेश नाचलगायत सांस्कृतिक प्रस्तुतिले नेपाली सभ्यता र परम्पराको मौलिक पहिचानलाई उजागर गर्दै राष्ट्रिय एकताको सन्देश फैलाउनुपर्ने उनको भनाइ छ ।

‘जीवित देवी’ कुमारीलाई शक्ति र पवित्रताको प्रतीक मानिन्छ । इन्द्रजात्राका अवसरमा निकालिने रथयात्राले समाजमा धार्मिक आस्था र विश्वासलाई बलियो बचाउँदछ । इन्द्रजात्रा पर्वले आन्तरिक र बाह्य पर्यटनलाई पनि बढावा दिने र जसले देशको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने उपराष्ट्र यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन