२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेनजी युवाको उत्साहपूर्ण सहभागितासहित ड्यालस, न्यूयोर्क र क्यानडामा दीप प्रज्वलन कार्यक्रम

२०८२, २४ भाद्र मंगलवार ११:०४

काठमाडौँ | जेन–जी युवाको उत्साहपूर्ण सहभागितासहित ड्यालस, न्यूयोर्क र क्यानडामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ड्यालसमा नेपाली समाज, टेक्सस र पशुपतिनाथ तथा बौद्ध बिहार, एनआरएनए लगायतका संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा करिब पाँच हजारजति जेन–जी विद्यार्थी सहभागी भएको नेपाली समाजका महासचिव विजय भुसालले जानकारी दिएका छन्।

सरकारी दमन र विद्यार्थीको हत्या प्रकरणप्रति आक्रोश व्यक्त गर्न सहभागी नेपालीहरूले मैनबत्ती बालेर मौन श्रद्धाञ्जली अर्पण गरे। उनीहरूले ‘भ्रष्टाचार रोक’, ‘मानव अधिकार हनन भयो’, ‘जनता मार्न पाइँदैन’, ‘नेपालका युवाको आवाज सुन्नुपर्छ’ ‘कालो दिन, अस्ताएका सपनाहरू’, र ‘रेमिट्यान्स पठाउन बन्द गर’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शनसमेत गरे। कार्यक्रममा उपस्थितहरूले एकताबद्ध भएर नेपाल सरकारप्रति असन्तोष जनाउँदै न्याय र परिवर्तनको माग दोहोर्याए।

त्यस्तै, न्यूयोर्कमा नेपाली समाज, न्यूयोर्कसहितका संस्थाले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा करिब १ हजारदेखि १५ सयसम्म नेपालीहरूको उपस्थिति रहेको बताइएको छ। यसैबीच, क्यानडामा सिटी हलमा आयोजित कार्यक्रममा करिब ४ देखि ५ हजारसम्म नेपालीहरूको उत्साहजनक सहभागिता रहेको डा. तुलसी धरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन