२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेनजी युवाको उत्साहपूर्ण सहभागितासहित ड्यालस, न्यूयोर्क र क्यानडामा दीप प्रज्वलन कार्यक्रम

२४ भाद्र २०८२, मंगलवार ११:०४

काठमाडौँ | जेन–जी युवाको उत्साहपूर्ण सहभागितासहित ड्यालस, न्यूयोर्क र क्यानडामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ड्यालसमा नेपाली समाज, टेक्सस र पशुपतिनाथ तथा बौद्ध बिहार, एनआरएनए लगायतका संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा करिब पाँच हजारजति जेन–जी विद्यार्थी सहभागी भएको नेपाली समाजका महासचिव विजय भुसालले जानकारी दिएका छन्।

सरकारी दमन र विद्यार्थीको हत्या प्रकरणप्रति आक्रोश व्यक्त गर्न सहभागी नेपालीहरूले मैनबत्ती बालेर मौन श्रद्धाञ्जली अर्पण गरे। उनीहरूले ‘भ्रष्टाचार रोक’, ‘मानव अधिकार हनन भयो’, ‘जनता मार्न पाइँदैन’, ‘नेपालका युवाको आवाज सुन्नुपर्छ’ ‘कालो दिन, अस्ताएका सपनाहरू’, र ‘रेमिट्यान्स पठाउन बन्द गर’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शनसमेत गरे। कार्यक्रममा उपस्थितहरूले एकताबद्ध भएर नेपाल सरकारप्रति असन्तोष जनाउँदै न्याय र परिवर्तनको माग दोहोर्याए।

त्यस्तै, न्यूयोर्कमा नेपाली समाज, न्यूयोर्कसहितका संस्थाले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा करिब १ हजारदेखि १५ सयसम्म नेपालीहरूको उपस्थिति रहेको बताइएको छ। यसैबीच, क्यानडामा सिटी हलमा आयोजित कार्यक्रममा करिब ४ देखि ५ हजारसम्म नेपालीहरूको उत्साहजनक सहभागिता रहेको डा. तुलसी धरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव