२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारमन्त्री गुरुङको निवासमा आगजनी, प्रचण्डको निवासमा आक्रमण

२४ भाद्र २०८२, मंगलवार ११:२०

काठमाडौँ | प्रहरीको बर्बर दमनबाट १९ युवाको ‘हत्या’पछि जेनजी आन्दोलन थप आक्रमक भएको छ। सरकारी दमन र कर्फ्यूको अवज्ञा गर्दै सडकमा उत्रिएका आक्रोशित प्रदर्शनकारीहरूले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी गरेका छन् भने माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आक्रमण गरेका छन्।

ललितपुरको सुनाकोठीस्थित मन्त्री गुरुङको निवासमा पुगेको भीडले सुरुमा ढुंगामुढा गरेको थियो। प्रहरीको सामान्य घेरा तोडेर अघि बढेको समूहले घरमा आगो झोसेको हो। सुरक्षा अधिकारीहरूले आगो नियन्त्रणमा लिएका छन्। यसैगरी, अर्को समूह माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा पुगेर गेट तोडफोड गर्दै भित्र पस्ने प्रयास गरिरहेको छ। अर्कोतर्फ, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेको भीडलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको छ, जहाँ प्रदर्शनकारीको संख्या बढ्दो छ भने प्रहरीको उपस्थिति न्यून छ।

सरकारले लगाएको अनिश्चितकालीन कर्फ्यूका बावजुद राजधानीका सडकमा बिहानैदेखि कलङ्की, बल्खु, जमल लगायतका चोक-चोकमा टायर बालेर प्रदर्शन गरिरहेका युवाहरूको आन्दोलन अब शीर्ष नेताका निवासतर्फ सोझिएको हो। हिजोको बर्बर दमन र १९ जनाको मृत्युले आक्रोशित भीड नियन्त्रण बाहिर गएको र राज्य संयन्त्र पूर्ण रूपमा असफल भएको देखिन्छ। नेताका घरमाथिको आक्रमणको यो सिलसिला काठमाडौँमा मात्र सीमित छैन। हिजो मात्रै बुटवलमा रहेको कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको घरमा पनि प्रदर्शनकारीले तोडफोड गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव