२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारमन्त्री गुरुङको निवासमा आगजनी, प्रचण्डको निवासमा आक्रमण

२०८२, २४ भाद्र मंगलवार ११:२०

काठमाडौँ | प्रहरीको बर्बर दमनबाट १९ युवाको ‘हत्या’पछि जेनजी आन्दोलन थप आक्रमक भएको छ। सरकारी दमन र कर्फ्यूको अवज्ञा गर्दै सडकमा उत्रिएका आक्रोशित प्रदर्शनकारीहरूले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी गरेका छन् भने माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आक्रमण गरेका छन्।

ललितपुरको सुनाकोठीस्थित मन्त्री गुरुङको निवासमा पुगेको भीडले सुरुमा ढुंगामुढा गरेको थियो। प्रहरीको सामान्य घेरा तोडेर अघि बढेको समूहले घरमा आगो झोसेको हो। सुरक्षा अधिकारीहरूले आगो नियन्त्रणमा लिएका छन्। यसैगरी, अर्को समूह माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा पुगेर गेट तोडफोड गर्दै भित्र पस्ने प्रयास गरिरहेको छ। अर्कोतर्फ, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेको भीडलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको छ, जहाँ प्रदर्शनकारीको संख्या बढ्दो छ भने प्रहरीको उपस्थिति न्यून छ।

सरकारले लगाएको अनिश्चितकालीन कर्फ्यूका बावजुद राजधानीका सडकमा बिहानैदेखि कलङ्की, बल्खु, जमल लगायतका चोक-चोकमा टायर बालेर प्रदर्शन गरिरहेका युवाहरूको आन्दोलन अब शीर्ष नेताका निवासतर्फ सोझिएको हो। हिजोको बर्बर दमन र १९ जनाको मृत्युले आक्रोशित भीड नियन्त्रण बाहिर गएको र राज्य संयन्त्र पूर्ण रूपमा असफल भएको देखिन्छ। नेताका घरमाथिको आक्रमणको यो सिलसिला काठमाडौँमा मात्र सीमित छैन। हिजो मात्रै बुटवलमा रहेको कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको घरमा पनि प्रदर्शनकारीले तोडफोड गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन