२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षाको प्रत्याभूति भएपछि मात्र यातायात सेवा दिन निर्देशन

२०८२, २४ भाद्र मंगलवार १६:४२

काठमाडौँ | नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले शान्ती सुरक्षाको प्रत्याभूति भए पश्चात् मात्र यातायात सेवा दिन निर्देशन दिएको छ ।

महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै सोमबार ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि आन्दोलन झन् चर्किएको भन्दै सहज वातावरण नभएसम्म यातायात सेवा सञ्चालन नगर्न यातायात व्यवसायीलाई निर्देशन दिएको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको तथा काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भई नेपाल सरकारबाट विभिन्न स्थानमा कफ्र्यू आदेश भएको हुँदा सवारी साधन सञ्चालन नगर्न आग्रह गर्नुभयो ।

“सोमबार भएको दुःखद् घटनाका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भई नेपाल सरकारबाट विभिन्न स्थानमा कफ्र्यू आदेश भएको हुँदा उपत्यकासहित देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको छ,” उहाँले भन्नुभयो, “सरकारबाट उचित शान्ती सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि उपत्यकासहित देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरेका छौँ ।”

महासङ्घले सोमबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घाइतेको उपचार गर्न महासङ्घले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण