२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षाको प्रत्याभूति भएपछि मात्र यातायात सेवा दिन निर्देशन

२४ भाद्र २०८२, मंगलवार १६:४२

काठमाडौँ | नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले शान्ती सुरक्षाको प्रत्याभूति भए पश्चात् मात्र यातायात सेवा दिन निर्देशन दिएको छ ।

महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै सोमबार ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि आन्दोलन झन् चर्किएको भन्दै सहज वातावरण नभएसम्म यातायात सेवा सञ्चालन नगर्न यातायात व्यवसायीलाई निर्देशन दिएको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको तथा काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भई नेपाल सरकारबाट विभिन्न स्थानमा कफ्र्यू आदेश भएको हुँदा सवारी साधन सञ्चालन नगर्न आग्रह गर्नुभयो ।

“सोमबार भएको दुःखद् घटनाका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भई नेपाल सरकारबाट विभिन्न स्थानमा कफ्र्यू आदेश भएको हुँदा उपत्यकासहित देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको छ,” उहाँले भन्नुभयो, “सरकारबाट उचित शान्ती सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि उपत्यकासहित देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरेका छौँ ।”

महासङ्घले सोमबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घाइतेको उपचार गर्न महासङ्घले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव