२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबारका मन्त्रालयमा भएको क्षति रुजु भएपछि मात्रै सरसफाइ र पुनःनिर्माण हुने

२७ भाद्र २०८२, शुक्रबार १६:२५

काठमाडौँ | देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रालयहरूमा भएका आगजनीको क्षति रुजु गरेपछि मात्रै सरसफाइ र पुनः निर्माणको काम हुने भएको छ । शुक्रवार मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको निरीक्षणपछि सबै मन्त्रालयमा भएको क्षतिको मुचुल्का उठाएर यकिन गरेपछि मात्रै सरसफाइ गरिने मन्त्रालयहरूले जनाएका छन् ।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार मन्त्रालयको प्रायः सबैमा क्षति पुगेको बताए । उनले मन्त्रालयमा भित्र र बाहिर रहेका सवारी साधनमा भएको क्षतिको मुचुल्का उठाएर विवरण लिएसँगै सरसफाइ गरिने योजना तयारी रहेको बताए ।

उनले भने, ‘सबै क्षतिको मुचुल्का उठाउने काम अहिले भइरहेको छ । मुचुल्का उठाएर सरसफाइ गरी बस्न मिल्ने ठाउँमा बस्छौँ । पुनर्निर्माण गर्नुपर्नेको हकमा सरकार बनेसँगै काम सुरु हुन्छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको छ । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट सरकारी सम्पत्तिहरू ध्वंस बन्न पुगेका थिए । उक्त दिन आन्दोलनकारीले सिंहदरबारमा आगजनी सहित तोडफोड गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव