२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

योगेशकुमार भट्टराईले पूर्वप्रधानन्यायाधीश कार्कीलाई भ्रम नफैल्याउन आग्रह गरे

२७ भाद्र २०८२, शुक्रबार १६:४८

काठमाडौँ | नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भ्रम नफैल्याउन आग्रह गरेका छन्। गत मंगलबार र बुधबार काठमाडौँसहित देशभर भएको विध्वंशबारे निष्पक्ष र न्यायिक छानबिनको पक्षमा एमाले रहेको पनि भट्टराईले स्पष्ट पारेका छन् । उनले अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने चाहना राखेकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई संविधानभित्रबाटै अहिलेको संकटको निकास खोज्न पनि सुझाएका छन् ।

उनले अहिले पनि आफूहरू संवैधानिक बाटोमै अडिग रहेको बताए । कुनै पनि विकल्प संविधानको परिधिभित्रै खोजिनुपर्नेमा उनले जोड दिएका छन् । ’हाम्रो जोड विकल्प संवैधानिक बाटोबाट होस् भन्ने हो’, उनले भनेका छन् । जेनजी आन्दोलनकारीहरूको मागबमोजिम पूर्वप्रधान न्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू सहमत भएका थिए ।

यस्तोमा सुशीलाले भ्रष्टाचारविरोधी आन्दोलनमा भएको दमनबिरुद्ध उच्चस्तरीय छानबिन गर्न नेताहरू असहमत भएको दाबी गरेकी थिइन् । सुशुला र उनीनिकटले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा फोनमा सम्पर्कमा आएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा बल प्रयोग, ३४ जनाको निधन र भ्रष्टाचारको छानबिन गर्न अस्वीकार गरेका समाचार आएसँगै एमाले सचिव भट्टराईले आपत्ति जनाएका हुन् । यही कुरालाई उनले भ्रमको संज्ञा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव