२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

योगेशकुमार भट्टराईले पूर्वप्रधानन्यायाधीश कार्कीलाई भ्रम नफैल्याउन आग्रह गरे

२०८२, २७ भाद्र शुक्रबार १६:४८

काठमाडौँ | नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भ्रम नफैल्याउन आग्रह गरेका छन्। गत मंगलबार र बुधबार काठमाडौँसहित देशभर भएको विध्वंशबारे निष्पक्ष र न्यायिक छानबिनको पक्षमा एमाले रहेको पनि भट्टराईले स्पष्ट पारेका छन् । उनले अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने चाहना राखेकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई संविधानभित्रबाटै अहिलेको संकटको निकास खोज्न पनि सुझाएका छन् ।

उनले अहिले पनि आफूहरू संवैधानिक बाटोमै अडिग रहेको बताए । कुनै पनि विकल्प संविधानको परिधिभित्रै खोजिनुपर्नेमा उनले जोड दिएका छन् । ’हाम्रो जोड विकल्प संवैधानिक बाटोबाट होस् भन्ने हो’, उनले भनेका छन् । जेनजी आन्दोलनकारीहरूको मागबमोजिम पूर्वप्रधान न्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू सहमत भएका थिए ।

यस्तोमा सुशीलाले भ्रष्टाचारविरोधी आन्दोलनमा भएको दमनबिरुद्ध उच्चस्तरीय छानबिन गर्न नेताहरू असहमत भएको दाबी गरेकी थिइन् । सुशुला र उनीनिकटले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा फोनमा सम्पर्कमा आएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा बल प्रयोग, ३४ जनाको निधन र भ्रष्टाचारको छानबिन गर्न अस्वीकार गरेका समाचार आएसँगै एमाले सचिव भट्टराईले आपत्ति जनाएका हुन् । यही कुरालाई उनले भ्रमको संज्ञा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण