२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु

२०८२, २७ भाद्र शुक्रबार १७:३२

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले ‘जेन–जी’ प्रदर्शनका क्रममा सडकमा यत्रतत्र छरिएका भग्नावशेष हटाउने कार्य सुरु गरेको छ ।

फोहर तथा भग्नावशेष हटाउने क्रममा ब्रुमर, फोहर व्यवस्थापन र फोहर पन्छाउनेसहित १०० गाडी परिचालन गरिएको महानगरपालिकाअन्तर्गत वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो ।

प्रमुख राईका अनुसार कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वरलगायत स्थानका सडक सफा गर्ने काम भइसकेको छभने अन्य केही स्थानको सडक सफा गर्ने काम जारी छ । उहाँले भन्नुभयो, “हाल महानगरको सफाइ टोलीले कार्यालय र व्यक्तिको घर भने सफा गरेको छैन । सडक सफा गर्ने काम मात्र भइरहेको छ ।”

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट उपत्यकास्थित प्रहरी कार्यालयमा उल्लेखनीय क्षति पुगेको र ती स्थानसहित व्यक्तिको घर, सार्वजनिक भवन तथा कार्यालय सफा गर्न अझै समय लाग्ने विभाग प्रमुख राईले जानकारी दिनुभयो ।

यसैबीच, महानगरपालिकाले सिसाजन्य तथा हानिकारक फोहरलाई व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन