२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह

२०८२, २७ भाद्र शुक्रबार १७:५६

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट निस्केका सिसाजन्य फोहरलाई अन्य फोहरसँग नमिसाउन सम्बन्ध सबैसँग आग्रह गरेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईले आज एक सूचना जारी गर्दै सिसाजन्य फोहरलाई सामान्य फोहरसँगै ल्याण्डफिल साइड पु¥याउन नमिल्ले भएकाले नमिसाउन आग्रह गर्नुभएको हो ।

फोहर सङ्कलनसँग सम्बन्धित निजी क्षेत्र, व्यक्ति संस्था तथा सरकारी कार्यालयलाई सामान्य फोहरसँग सिसाजन्य वस्तु मिसाउँदा समस्या हुने भएकाले सूचनामार्फत जानकारी दिइएको वातावरण विभाग प्रमुख राईले बताउनुभयो । सिसाजन्य फोहरलाई छुट्टै सङ्कलन गरी आफ्नै घरको परिसर वा कार्यलय परिसरभित्र सुरक्षित रूपमा राख्न कामपाले सबै सरोकार भएका निकायलाई आग्रह गरेको हो ।

यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा सडकबाट निस्केका फोहर व्यवस्थापनको काममा अहिले कामपा लागिरहेको प्रमुख राईले जानकारी दिनुभयो । उहाँका अनुसार सडक सफा गर्ने काम सकेपछि कामपाले व्यक्तिको घर तथा कार्यालय सफा गर्न सुरु गर्नेछ । यसैबीच, फोहर व्यवस्थापन गरिदिनका लागि कामपालाई विभिन्न सङ्घ संस्थाहरूले आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन