२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा

२०८२, १ आश्विन बुधबार १२:४४

काठमाडौँ | बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन्। जेन-जी आन्दोलनका क्रममा भएको दमनपछि पदमा रहिरहनु अनुचित ठानेको भन्दै उनले उपसभामुख अप्सरा चापागाईँलाई ह्वाट्सएपमार्फत लिखित राजीनामा पत्र बुझाएका हुन्।

पाठकले यसअघि भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए। तर, कानुनी प्रक्रिया पूरा गर्न केही दिन लागेको हो। आफ्नो राजीनामा पत्रमा उनले जेन-जी आन्दोलनमा भएको बल प्रयोग र नागरिकको मृत्युले आफूलाई भावविह्वल बनाएको उल्लेख गरेका छन्।

‘गत भदौ २३ गते जेन-जीको भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरेपछि म अत्यन्त भावविह्वल भएँ,’ पत्रमा लेखिएको छ, ‘राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तरआत्मामा लाग्यो र भदौ २४ गते नै राजीनामा गर्ने घोषणा गरेँ।’

उनले प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न ढिलाइ भएको स्वीकार्दै नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा दिएको स्पष्ट पारेका छन्। राजीनामा पत्रको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र बागमती प्रदेशसभा सचिवालयलाई समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी