२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हेटौँडा उपमहानगरपालिकाद्वारा नियमित सेवा प्रवाहको तयारी गरिँदै

१ आश्विन २०८२, बुधबार १३:०९

काठमाडौँ | जेनजी प्रदर्शनका क्रममा आगजनी भएको हेटौँडा उपमहानगरपालिकाको भवन परिसरलाई सफा गर्न जनप्रतिनिधि र कर्मचारीहरु जुटेका छन् ।

आगजनीबाट जलेको कोठाहरुलाई सफा गरेर सेवाप्रवाहलाई नियमित सञ्चालन गर्ने तयारी गरिएको हो । उपमहानगरपालिकाको राजस्व सङ्कलन, नक्सा पास, सिफारिस, दर्तालगायतका नियमित सेवाप्रवाहलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन सुरु गरिएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोज सुबेदीले जानकारी दिनुभयो ।

“आगजनीबाट कोठा, फर्निचर र अन्य जिन्सीलगायतका सामान जलेर खरानी भइसकेको छ, ती खरानीहरुलाई सफा गरेर कार्यालय व्यवस्थापनमा हामी जुटेका छौँ”, उहाँले भन्नुभयो, “कोठाकोठाको धुलो र खरानी सफा गरिसकेका छौँ, अब नयाँ फर्निचरलगायतका सामान राखेर कार्यालयको नियमति काम सुरु गर्ने तयारीमा जुटेका छौँ ।” सम्भवतः असोज ४ गतेदेखि कार्यालयबाट राजस्व सङ्कलन, नक्सा पास, सिफारिसलगायतका काम नियमित रुपमा सुचारु गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।

जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते प्रदर्शनकारीहरुले उपमहानगरपालिकामा तोडफोड तथा आगजनी गरेका थिए । सो आगजनीबाट कार्यालय भवन क्षतिग्रस्त भएको छ । यस्तै उपमहानगरपालिकाको सवारीसाधनसमेत क्षति भएको थियो ।

क्षतिको विवरण सङ्कलनको काम भइरहेको उपमहानगरपालिकाको वित्त व्यवस्थापन महाशाखा प्रमुख डा भीमप्रसाद तिमल्सिनाले बताउनुभयो । “आगजनीबाट उपमहानगरपालिकाको मूल कार्यालयसँगै छ वटा वडा कार्यालय क्षतिग्रस्त भएको छ, थुप्रै सवारीसाधन जलेर नष्ट भएको”, उहाँले भन्नुभयो, “क्षतिको विवरण विभिन्न शाखाहरुबाट सङ्कलन भइरहेको र प्राविधिकबाट प्नि क्षतिको मूल्याङ्कन भइरहेको छ ।” सम्भवतः भोलि वा पर्सिसम्ममा क्षतिको यकिन विवरण तयार हुन्छ, त्यसपछि मात्र के कति क्षति भएको थाहा हुने उहाँको भनाइ छ ।

यसैबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले आगजनीबाट ध्वस्त भएको संरचनाहरुको अनुगमन गर्नुभएको छ । क्षतिग्रस्त कार्यालयको अनुगमनपश्चात् उहाँले आगजनीबाट ध्वस्त कार्यालयलाई व्यवस्थित बनाएर तत्काल सेवाप्रवाहलाई व्यवस्थित र जनउत्तरदायी बनाउन निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा