२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेनजी आन्दोलनको आडमा राजनीतिक उपलब्धि मेटाउने प्रयास भइरहेको छ : प्रकाशमान सिंह

२ आश्विन २०८२, बिहीबार ११:२२

काठमाडौँ | नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनको आडमा राजनीतिक दलहरूले ल्याएका उपलब्धिहरूलाई अवमूल्यन गर्ने र त्यसलाई केही होइन भन्ने भाष्य सिर्जना गर्ने दुष्प्रयास भइरहेको बताएका छन् । गणेशमान सिंहको २८ औं पुण्यतिथिमा बिहीबार आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्राप्त गरिएका अधिकारहरूलाई सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए । जेन जीको प्रदर्शनको आडमा विराटनगरस्थित कोइराला निवास, काठमाडौँको चाक्सीबारीस्थित कृष्णप्रसाद भट्टराईको आश्रम, सिंहदरबार र संसद भवनलगायतका सरकारी सम्पत्तिमा आगजनी गरिएको भन्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने माग उनले राखे । लोकतन्त्रमाथि खेल्ने काम नगर्न पनि उनले चेतावनी दिए । यसमा सरकार र राजनीतिक दलहरू सतर्क हुनुपर्ने उनको भनाइ छ ।

नेता सिंहले भने, ‘हाम्रो जिम्मेवारी प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्छ । अहिलेको वर्तमान परिस्थितिमा जुन अब जेन जीको प्रदर्शन भयो । सबै भयो । अब यो आन्दोलन भयो, तर विराटनगरमा कोइराला निवास जल्ने, काठमाडौंमा चाक्सीबारी जल्ने, कृष्णप्रसाद भट्टराईजीको आश्रम जल्ने, यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रीब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ । यसमा राम्रोसँग छानबिन गरेर यो अनडेमोक्रेटिक प्रोसेसहरू जसले यहाँ खेल्न प्रयास गरिरहेका छन्, त्यसमा सरकार अलर्ट हुनुपर्छ ।’

नेता सिंहले लोकतान्त्रिक पद्धतिमा जनताले चित्त नबुझाएका कुराहरू सुधार गरेर राजनीतिक दलहरू अघि बढ्नुपर्ने बताए । अहिलेको परिस्थितिबाट देशलाई माथि उकास्न अबका दिनमा नेपाली काँग्रेसले नेतृत्व लिएर अघि बढ्ने उनले बताए । जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश अहिलेको आन्दोलनले दिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध