२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनमत पार्टीका ६ शीर्ष नेताहरूले दिए सामूहिक राजीनामा

२ आश्विन २०८२, बिहीबार १२:३२

काठमाडौँ | जनमत पार्टीका ६ शीर्ष नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन् । आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरूमा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा सङ्घका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन् । पार्टी अध्यक्षलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनीहरूले नेपालका विषम परिस्थिति र जनमानसको अपेक्षाअनुरूप पार्टी नेतृत्वले आत्मालोचना गर्न नसकेको र नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्दै नेताहरूले अपमान गरेको आरोप लगाएका छन् ।

राजीनामा पत्रमा भनिएको छ, ‘नेपालको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरूप पार्टीको प्रमुख नेतृत्वलाई आत्मालोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजीनामा पत्रलाई तपाईँले अवहेलना गरी जेन्जी पुस्ताले बगाएको रगतको अपमान गरी उल्टै नेता कार्यकर्ताहरूलाई अंहकारको भाषामा आफ्नो आधिकारिक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि हाम्रो ध्यानाकर्षण भएको छ ।’

आफूहरू कुनै प्रकारको पद स्वार्थको राजनीतिमा सामेल नहुने बताउँदै जनभावना तथा नयाँ पुस्ताको चाहना अनुरूप जेनजी पुस्ताकै नेतृत्वमा सामेल भई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन् । उनीहरुले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका थिए । त्यसपछि अध्यक्ष राउतले उल्टै उनीहरूलाई नै राजीनामा दिन चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव