२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह

२०८२, ३ आश्विन शुक्रबार १४:४०

काठमाडौँ | मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट आएको सङ्घीयतासहितको वर्तमान संविधानको पूर्णपालना गरी देशमा सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संविधान दिवस २०८२ का अवसरमा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधानलाई मुलुकको स्थायित्व र समावेशी विकासको आधारका रुपमा व्याख्यासमेत गर्नुभयो । साथै उहाँले वर्तमान संविधानले सबै वर्ग, जातजाति, समुदायलाई कानुनी रुपमा समान अधिकार दिलाउनका लागि विशेष योगदान गरेकाले यसको सुरक्षा आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको अधिकारलाई सुनिश्चित गरेको तथा सबैलाई समान अधिकार दिएको विचार व्यक्त गर्नुभयो । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानले दिएको अधिकारमा रहेर सबैले मर्यादित भई आफ्नो अधिकारलाई पूरा गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । संविधान कार्यावन्यनमा सरकार तथा जनप्रतिनिधि दुवैले जिम्मेवारीपूर्वक तथा जनउत्तरदायी भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संविधानको सफल कार्यावन्यन तथा त्यसको पालनका लागि सुशासन र शान्तिसुरक्षा तथा उतरदायी सञ्चारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । समारोहमा विभिन्न राजनीतिक पार्टीका नेता, सांसद तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा कार्यालयका कर्मचारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी