२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपालीबीच सद्भाव र एकता कायम गरौँ’

२०८२, ३ आश्विन शुक्रबार १६:११

काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनेपालीबीच सद्भाव र एकता कायम गर्न आवश्यक रहेको बताउनुभएको छ । संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय झन्डोत्तोलन गर्दै उहाँले सबैमा शुभकामना व्यक्त गर्नुभयो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ प्रदेश सरकार मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानको भावनाअनुसार अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र विभिन्न अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूको योगदानको कदर गर्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले गत भदौ २३ र २४ मा भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाको माग राखेर गरेको प्रदर्शनका क्रममा आफ्नो अमूल्य जीवन गुमाउने युवाहरूप्रति पनि हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखलगायतकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन