२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

२०८२, ३ आश्विन शुक्रबार १६:३८

काठमाडौँ | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र मर्मलाई कागजमा सीमित नराखी सही कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित संविधान दिवस समारोहमा उहाँले संविधानको सही कार्यान्वयन गरेर नेपालीको भविष्यको खाका तयार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

‘जेनजी’ आन्दोलनका क्रममा पुगेको धनजनको क्षतिले गहिरो चोट र पीडा महसुस भएको भन्दै मुख्यमन्त्रीले शाहले अब ‘जेनजी’को भावनाबमोजिम सुशासनयुक्त, भ्रष्टाचारमुक्त समाज निर्माण, शान्ति, स्थिरता र विकासलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकार प्रदर्शनका क्रममा शहादत दिएका व्यक्तिका परिवार र घाइतेसँगै उभिएको बताउनुभयो ।

सभामुख भीमबहादुर भण्डारीले जेनजी आन्दोलनमा शहादत प्राप्त गर्नेहरूको भावनाको कदर गर्दै नयाँ नेपाल निर्माणमा देखिएका समस्याको समीक्षा गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले अब शान्ति, समृद्धि र पुनःनिर्माणका लागि एकजुट भएर लाग्न सबैलाई आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी