२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय एकता नै स्थायित्वको आधार: नेता सिटौला

३ आश्विन २०८२, शुक्रबार १६:४४

काठमाडौँ | नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थामा राष्ट्रिय एकता नै स्थायित्वको आधार भएको बताउँदै सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ ।

बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा संविधान दिवसका अवसरमा आज यहाँ आयोजित ‘मौजुदा संविधान र यसका चुनौतीहरू’ विषयक अन्तरसंवादमा उहाँले संविधानविपरीत हुने कार्य अस्वीकार्य हुने स्पष्ट पार्नुभयो । नेता सुटौलाले भन्नुभयो, “भावनात्मक रूपले एक हुनुपर्छ । जनताको सर्वोच्चतालाई बचाउन सकारात्मक माहोल निर्माण गरौँ । जनताको भावनात्मक एकता नै राष्ट्रको सुरक्षा कवच हो । राष्ट्रिय एकता नै स्थायित्वको आधार हो ।”

कांग्रेस नेता शशाङ्क कोइरालाले लामो सङ्घर्षपछि जारी भएको संविधानलाई कमजोर पार्ने कार्य स्वीकार्य नहुने प्रस्ट पार्नुभयो । उहाँले हाल देखिएका घटनाबारे उल्लेख गर्दै भन्नुभयो, “जेनजी आन्दोलन परिकल्पनाभन्दा बाहिरको घटना भएको हुँदा यसलाई संयमित भएर समीक्षा गर्न जरूरी छ ।”

केन्द्रीय सदस्य पुष्पा भुसालले समाजले माग गरिरहेका नयाँ मुद्दालाई सम्बोधन हुनेगरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “जबसम्म जीवनशैलीमा परिवर्तन हुँदैन, तबसम्म प्रणाली राम्रो भएर मात्र पुग्दैन ।”

कार्यक्रममा पूर्वमन्त्री रामचन्द्र अधिकारी, नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्र, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष सीताराम केसीलगायतले संविधान कार्यान्वयनमा दलहरू चुकेको टिप्पणी गर्दै अब सम्हालिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले लोकतन्त्रलाई थप बलियो बनाउन र संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु