२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुनःनिर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन आग्रह

२०८२, ६ आश्विन सोमबार १७:३८

काठमाडौँ | सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ ।

यही असोज ४ र ५ गते भएको बैठकका निर्णय आज सार्वजनिक गर्दै महासङ्घले पुनःनिर्माणमा आवश्यक पर्ने गुणस्तरीय काठ सामुदायिक वनका माध्यमबाट उत्पादन र आपूर्ति गर्न विद्यमान कानुनी झमेला हटाउन माग गरेको हो ।

महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले सो कार्यका लागि महासङ्घसँग समेत परामर्श गरी तत्काल वन नियमावली २०७९ संशोधन गर्न सरकारसँग अपिल गर्नुभयो । महासङ्घले सामुदायिक वन उपभोक्ता समूहमा समावेशीकरणसहितको युवा नेतृत्व सुनिश्चितताका लागि हरसम्भव उपायहरु अवलम्बन गर्न वन उपभोक्ता समूहलाई आह्वान गरेको छ ।

उहाँले गत जेठ ९ गते सार्वजनिक आर्थिक सुधार कार्यान्वयन योजनामा सामुदायिक वनको रकम तीनै तहका सरकारबीच बाँडफाँड गर्ने भनी राखिएको बुँदा तत्काल खारेज गर्न माग गर्नुभयो । अध्यक्ष भण्डारीले भन्नुभयो, “नेपालको संविधान र सङ्घीय कानुन विपरीत हुनेगरी प्रदेश सरकारहरुले सामुदायिक वन उपभोक्ता समूहमा लगाउँदै आएको कर तत्काल हटाउन माग गर्दछौँ ।”

महासङ्घले वनलगायतका प्राकृतिक स्रोतमा स्थानीय समुदायको अधिकार खोस्ने खालका कार्यहरु तत्काल बन्द गर्न आह्वान गरेको छ । त्यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तत्काल संशोधन गरी समुदाय मैत्री ऐन बनाउन र मध्यवर्ती सामुदायिक वनहरुलाई सामुदायिक वनमा रुपान्तरण गर्न महासङ्घले आह्वान गरेको छ ।

उहाँले जलवायु परिवर्तनसम्बन्धी नीति तथा कानुनहरुमा जलवायु वित्तका रुपमा प्राप्त रकमको कम्तीमा ८० प्रतिशत रकम स्थानीय समुदायमा प्रवाह गरिने व्यवस्था कार्यान्वयन सुनिश्चित गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन