२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्गता भएका व्यक्तिको अधिकार र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिवद्धः सञ्चारमन्त्री खरेल

२०८२, १८ मंसिर बुधबार १३:४१

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले आज भृकुटीमण्ड परिसरमा आयोजना गरेको समारोहमा मन्त्री खरेलले सरकारले अपाङ्गमैत्री नीतिगत र संरचनागत सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । अपाङ्गता भएका व्यक्तिको सहयोगी निर्देशिका चाँडै कार्यान्वयनमा ल्याइने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“यसअघि राजनीतिक दलका नेताले गर्छु भने गरेनन् तर, म गर्छु भन्दैन । गरिसकेपछि गरेँ है भनेर भनौँला । हाम्रो देशमा गर्छु भन्ने रोग छ”, मन्त्री खरेलले भन्नुभयो ।

सञ्चारमन्त्री खरेलले सरकारकोतर्फबाट निर्देशिका कार्यान्वयनमा ल्याउने र कम्तिमा सानो रूपमा भए पनि गम्भीर रूपमा अपाङ्गता भएका नेपाली दाजुभाई दिदीबहिनीका लागि केही न केही प्रक्रियाको प्रारम्भ गरिने स्पष्ट पर्नुभयो । उहाँले सामाजिक न्याय, समता, समानता तथा विवेधरहित समाज निर्माण र सामाजिक विभेदको अन्त्य गर्न सरकार प्रतिवद्धताका साथ लाग्ने बताउनुभयो ।

सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा पनि सरकार अपाङ्गता भएका व्यक्तिको साथमा रहेको जानकारी गराइसक्नुभएकाले यसलाई अगाडि बढाउने कुरामा सरकारलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयलाई कसरी अपाङ्गमैत्री बनाउन सकिन्छ, नीतिगत र संरचनागतरूपमा कार्यान्वयन गर्न मन्त्रालय सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

‘निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेको छ’

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण वातावरण बनिसकेको र सरकार निर्वाचन गराउने प्रक्रियामा अगाडि बढिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको ६ महिने अवधिको मूख्य दायित्व फागुन २१ गते निर्वाचन सम्पन्न गर्नुपर्ने छ, निर्वाचन जसरी पनि हुँदैछ, त्यसको सम्पूर्ण वातावरण बनिसकेको छ, सरकार यसमा दृढ छ । निर्वाचनसँगै सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार दृढतापूर्वक अगाडि बढेको छ ।”

महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गमैत्री संरचना र नीतिगत सुधारका लागि सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाजकल्याण परिषद्, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र राष्ट्रिय अपाङ्ग कोषको संयुक्त आयोजनामा भएको कार्यक्रममा अपाङ्गता क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

यसअघि आजै बिहान सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलको नेतृत्वमा प्रभातफेरी आयोजना गरिएको थियो । खुलामञ्चबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो ।

‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ नाराका साथ यस वर्ष अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तरराष्ट्रिय दिवस मनाइएको छ । अपाङ्गता भएका नागरिकको हक अधिकार प्रवद्र्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो । दिवसले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने तथा सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भए पनि व्यवहारिक रूपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ