2026-10-03 08:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा सहमतिका आधारमा नेतृत्व चयन हुने सम्भावना छः उपाध्यक्ष पौडेल

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति र एकताका साथ नेतृत्व चयन हुने सम्भावना रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको संवाद कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका पौडेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पुनः गोलबद्ध हुने धारणा राख्नुभयो । सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा हुने जनाउँदै उहाँले आफू कुन पदमा रहने भन्दा पनि पार्टी र देशको हित कसरी गर्ने भन्नेमा आफ्नो चासो रहेको स्पष्ट गर्नुभयो ।

उपाध्यक्ष पौडेलले संसद् पुनःस्थापना, जेनजीका मागसहित संविधान संशोधन र सर्वपक्षीय सरकारका माध्यमबाट निर्वाचनमा जाने गरी राजनीतिक निकास खोज्नुपर्ने पक्षमा एमाले रहेको बताउनुभयो । एमाले वडा र टोलसम्म फैलिएको पार्टी भएकाले निर्वाचनबाट नभाग्ने भन्दै उहाँले वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने