२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

२०८२, २५ मंसिर बुधबार १५:२८

काठमाडौँ | प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका विश्वविद्यालयका कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै उहाँले कुलपति बनाउने विषयमा गम्भीर भएकाले विश्वविद्यलायका उपकुलपतिसहित उच्च नेतृत्व तथा अन्य सरोकार भएकासँग परामर्श गरी सरकार गृहकार्यमा जुटेको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले पछिल्लो समय प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताउँदै सोहीअनुसार शिक्षामन्त्री महावीर पुनले सरोकार भएका निकायका प्रतिनिधिसँग आवश्यक छलफल, परामर्श र गृहकार्य गरिरहनुभएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ ।” यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्ने विश्वास लिइएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले युवाहरूको बदलिँदो सोचअनुरूप नयाँ राजनीतिक परिस्थितिमा आफू प्रधानमन्त्री बनेको उल्लेख गर्दै गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकभित्रै सम्बोधन हुनेपर्ने राष्ट्रिय आकाङ्क्षा आमनागरिकको रहेको जेनजी आन्दोलनले प्रष्ट पारेको धारणा राख्नुभयो । “त्यसको जग बसाल्ने अभिभारा निभाउनमा हामी सरकारको तर्फबाट प्रयास गरिरहेका छौँ”, उहाँले थप्नुभयो ।

नेपालको उच्च शिक्षाका क्षेत्रमा पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र भर्चुअल रियालिटी प्रविधिको विकास भएको जनाउँदै प्रधानमन्त्री कार्कीले युवामा परिवर्तनका आकाङ्क्षा देखिनु स्वभाविक भएको बताउनुभयो । उच्च शिक्षामा नेपालको लगानी न्यून रहँदै आएको बताउँदै लगानी नबढाई ती आकाङक्षा पूरा गर्न सम्भव नभएको उहाँले जनाउनुभयो ।

प्रधानमन्त्री कार्कीले लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको आवश्यकता हो भन्दै शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षाको क्षेत्रलाई निरन्तर असर पारेकाले सरकारले केही ठोस कदम चालेको बताउनुभयो ।

उहाँले नेपालको उच्च शिक्षालाई सुधार गर्न केयूले गरेका सकारात्मक पहल र ढाँचालाई अन्य विश्वविद्यालयले समेत अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । “विशेषतः नवप्रवर्तन, प्राज्ञिक दक्षता अभिवृद्धि, नेपालका सन्दर्भमा शिक्षक तथा कर्मचारीलाई तुलनात्मक रूपमा उचित पारिश्रमिकलगायत यस विश्वविद्यालयले अवलम्बन गरेका विषय अरूले सिक्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कार्कीले आफ्नै देशमा तुलनात्मक रूपमा सस्तो मूल्यमा गुणस्तरीय शिक्षा अध्ययन गर्ने वातावरण बनाउन र शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँनयाँ कार्यक्रम थप गर्ने कार्यमा सघाउन शिक्षामन्त्रीमार्फत सम्बन्धित सबै सरोकार भएका निकायलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं केयूका सहकुलपति महावीर पुनको पनि उपस्थिति थियो । समारोहमा विभिन्न विधाका दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला