२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

२७ मंसिर २०८२, शुक्रबार १५:३९

काठमाडौँ | सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ ।

आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई सफल बनाउन भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीतिअनुरुप ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार परिचालित हुने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसका लागि सशस्त्र प्रहरीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सरकारबाट तोकिएको जिम्मेवारी त्रुटिरहित ढङ्गबाट सम्पन्न गराउन उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गर्नेगरी तयारी गरिएको सशस्त्र प्रहरी प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकारी दिनुभयो ।

प्रधान कार्यालय हल्चोकमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सुरक्षा चुनौतीका आधारमा निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी तोकिएको जिम्मेवारीमा परिचालन गरिने बताउनुभयो । सशस्त्र प्रहरी निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुनेछ ।

निर्वाचन सुरक्षासँग सम्बन्धित विषयवस्तुमा सुपरीवेक्षण, समन्वय एवं सहजीकरणका लागि सशस्त्र प्रहरी मुख्यालयमा केन्द्रीय निर्वाचन सेल, प्रत्येक बाहिनी मुख्यालयमा बाहिनी निर्वाचन सेल र जिल्लामा अप्रेशनल जिम्मेवारीमा रहेका प्रत्येक गण÷गुल्ममा निर्वाचन सेल गठन गरिनेछ ।

निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरी कर्मचारीलाई मोबाइल, स्ट्राइकिङ, क्युआरटी रिजर्भ, निर्वाचन क्षेत्र सुरक्षा, सुरक्षा बेस, कमाण्ड पोष्ट, संयुक्त निर्वाचन परिचालन केन्द्र, जिल्ला निर्वाचन, मुख्य निर्वाचन अधिकृतको कार्यालयलगायत क्षेत्रमा आवश्यक बन्दोबस्तीसहित परिचालन गर्ने नीतिमा उल्लेख छ ।

निर्वाचन विरोधी गतिविधि नियन्त्रण एवं आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सूचना आदानप्रदानलगायत परिचालनमा आवश्यकताअनुसार समन्वयात्मक रुपमा गर्ने, समकक्षी सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गरी सीमा इलाकामा प्रभावकारी रुपमा परिचालन गर्ने नीति अख्तियार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन