२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

२०८२, २७ मंसिर शुक्रबार १५:३९

काठमाडौँ | सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ ।

आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई सफल बनाउन भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीतिअनुरुप ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार परिचालित हुने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसका लागि सशस्त्र प्रहरीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सरकारबाट तोकिएको जिम्मेवारी त्रुटिरहित ढङ्गबाट सम्पन्न गराउन उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गर्नेगरी तयारी गरिएको सशस्त्र प्रहरी प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकारी दिनुभयो ।

प्रधान कार्यालय हल्चोकमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सुरक्षा चुनौतीका आधारमा निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी तोकिएको जिम्मेवारीमा परिचालन गरिने बताउनुभयो । सशस्त्र प्रहरी निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुनेछ ।

निर्वाचन सुरक्षासँग सम्बन्धित विषयवस्तुमा सुपरीवेक्षण, समन्वय एवं सहजीकरणका लागि सशस्त्र प्रहरी मुख्यालयमा केन्द्रीय निर्वाचन सेल, प्रत्येक बाहिनी मुख्यालयमा बाहिनी निर्वाचन सेल र जिल्लामा अप्रेशनल जिम्मेवारीमा रहेका प्रत्येक गण÷गुल्ममा निर्वाचन सेल गठन गरिनेछ ।

निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरी कर्मचारीलाई मोबाइल, स्ट्राइकिङ, क्युआरटी रिजर्भ, निर्वाचन क्षेत्र सुरक्षा, सुरक्षा बेस, कमाण्ड पोष्ट, संयुक्त निर्वाचन परिचालन केन्द्र, जिल्ला निर्वाचन, मुख्य निर्वाचन अधिकृतको कार्यालयलगायत क्षेत्रमा आवश्यक बन्दोबस्तीसहित परिचालन गर्ने नीतिमा उल्लेख छ ।

निर्वाचन विरोधी गतिविधि नियन्त्रण एवं आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सूचना आदानप्रदानलगायत परिचालनमा आवश्यकताअनुसार समन्वयात्मक रुपमा गर्ने, समकक्षी सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गरी सीमा इलाकामा प्रभावकारी रुपमा परिचालन गर्ने नीति अख्तियार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा