2026-10-03 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रवासी नेपालीका लागि मतदानको व्यवस्था सुनिश्चितता गर्नुपर्छः अध्यक्ष लिङदेन

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा प्रवासी नेपालीलाई मतदानको व्यवस्थासहित अन्तर जिल्ला मतदानको सुनिश्चितता गर्नुपर्ने माग राख्नुभएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू आज सार्वजनिक गर्दै उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन सम्भव रहेकाले सोही व्यवस्थासहित निर्वाचन प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्नुभएको हो ।
“विदेशमा रहेका नेपालीलाई विदेशबाटै र स्वदेशमै पनि अन्तर जिल्ला मतदानको व्यवस्था गर्न सम्भव छ । त्यसको सुनिश्चितता गरेरमात्र निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्छ”, अध्यक्ष लिङ्देनले भन्नुभयो । राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिका लागि सरकारसँग माग गर्ने केन्द्रीय कार्यसमितिले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष लिङ्देनका अनुसार राप्रपाले आगामी पुसमा जनसंवाद र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । यस्तै, राप्रपाकातर्फबाट मधेस प्रदेशसभाका सदस्य कञ्चन बिच्छालाई सांसद पदबाट फिर्ता बोलाउने निर्णयलाई बैठकले अनुमोदन गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने