2026-09-13 10:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा, पूर्वाधारलगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको बताउनुभएको छ । झापाको हल्दिबारी गाउँपालिका–१ र ५ जोड्ने भुल्का मार्गको आज उद्घाटन गर्दै उहाँले हरेक दृष्टिकोणले सम्पन्न नेपाल नबन्नुपर्ने कुनै कारण नरहेको धारणा राख्नुभयो ।

“विश्वका धेरै मुलुकहरूले फड्को मारिसकेको अवस्थामा नेपाल नबन्नुपर्ने कारण छैन । यहाँ प्राकृतिक स्रोत पर्याप्त छ, हामी सांस्कृतिक सम्पदामा धनी छौँ”, उहाँले भन्नुभयो, “स्रोतको सही सदुपयोग गर्दै परिणाम प्राप्त गर्न मुलुकको शिक्षा, नीति, राजनीति र नेतृत्व परिवर्तन गर्न आवश्यक छ ।”

शिक्षा नीति, राजनीति र नेतृत्व सही भएमा देश पाँचदेखि १० वर्षमा बन्ने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार नियन्त्रण गरेर असल सोचका साथ सबैले सकारात्मक समन्वय गरी देश विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । “सात–आठ वर्ष अघि कालोपत्र सडक हेर्न छिमेकी पालिका बिर्तामोड र भारत जानुपर्ने अवस्थाका थियो”, उहाँले भन्नुभयो, “अहिले हल्दिबारीका सबै मुख्य सडकहरू कलोपत्र भइसकेका छन्, यो विकासको चरणअन्तर्गत पर्दछ ।”

पूर्वाधार निर्माण हुनुमात्र ठूलो विषय नभई त्यसको संरक्षण गर्दै त्यसको माध्यमबाट नागरिकको जीवनस्तर उठाउनेतर्फ योजनाबद्ध काम गर्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले भन्नुभयो, “सडक बनेको छ, सडकको संरक्षण र सम्वर्द्धन गर्दै रोजगारी सृजना गर्नतर्फ सरोकार भएका निकायको ध्यान जान जरुरी छ ।”

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले झापाका १५ वटा स्थानीय तहमध्ये हल्दिबारी गाउँपालिकामा सबैभन्दा कम बजेट प्राप्त हुने गरेको बताउँदै सोही कारणले आन्तरिक आम्दानी पनि कम हुने गरेको उल्लेख गर्नुभयो । उहाँले प्राप्त बजेटका आधारमा विकास, निर्माणलाई सन्तुलित रूपमा अघि बढाउँदै लगेको जानकारी दिनुभयो ।

“गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क पठनपाठन र १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएको छ”, उहाँले भन्नुभयो, “नागरिकलाई धेरैभन्दा धेरै सुविधा दिने गरी बजेटको प्रयोग गरिरहेका छौँ ।” आगामी दिनमा पूर्वाधार विकास, सुविधा विस्तारलगायत क्षेत्रमा आवश्यकता अनुसार काम गर्दै जाने उहाँको भनाइ छ ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दिबारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस हल्दिबारीका कोषाध्यक्ष राजेन्द्र ओलीले आ–आफनो धारणा राख्नुभएको थियो ।

सङ्घीय सरकारको रु एक करोड १० लाख र गाउँपालिकाको रु एक करोड ५५ लाख ४३ हजारको लागतमा दुई हजार ३३० मिटर कालोपत्र र ३१० मिटर इन्टरलक सडक निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको चौडाइ पाँच दशमलव पाँच मिटर चौडाइ रहेको छ भने इन्टरलक सडकको चौडाइ छ मिटरको छ ।

एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०८१ माघ २८ गते पार्वता पार्वती–अम्बिका ग्लोबल भिमेश्वर जेभीले सडक निर्माणको ठेक्का पाएको थियो । निर्माण अवधिभन्दा दुई महिना अगावै काम सम्पन्न गरेकामा निर्माण कम्पनीका सञ्चालक हरि भट्टराईलाई सम्मान गरिएको थियो ।

हल्दिबारी–१ स्थित ओमचोकबाट वडा नं ५ को धनुषा आविसम्म निर्माण सम्पन्न भएको उक्त सडकलाई ‘भुल्का मार्ग’ नामकरण गरिएको छ । उद्घाटन कार्यक्रमको सहजीकरण गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन