काठमाडौँ | नेकपा (एमाले)को अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका केपी शर्मा ओलीले शपथ लिएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई शपथ ग्रहण गराएका हुन्।
आज तीन जनाको मात्रै शपथ ग्रहण हुनेछ। केन्द्रीय अनुशासन आयोगमा प्राध्यापक डा. भरतराज पहारी र लेखा आयोग अध्यक्ष पुष्पराज कँडेलको आज शपथ हुनेछ।