२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ

५ पुष २०८२, शनिबार १३:५७

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणका कामलाई प्राथमिकता नदिने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोड्नेतर्फ सरकार लागेको बताउनुभएको छ ।

उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले तीन हजार बढी सडक तथा पुलमा ठेक्का लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तीन हजारभन्दा बढी सडक र पुलको ठेक्का छ, कुनै ठाउँमा त ठेकेदार कहाँ छ भन्ने पनि छैन, काम गर्नुपर्छ नभए ठेक्का तोड्छौँ भन्ने अवस्थामा हामी छौँ ।” जनताले दुःख पाएको बताउँदै उहाँले जनताको आवश्यकताअनुसार सरकारले काम गर्ने बताउनुभयो । विकास निर्माणसँगै नीतिनिर्माणमा परिवर्तन गर्न यो सरकारले खोजेको बताउँदै उहाँले देशलाई संस्थागत रुपमा निकास दिन जरुरी रहेको बताउनुभयो ।

उहाँले यहाँका सप्तगण्डकी नदीमा पानी भण्डारण गरी जलाशय निर्माण गरेर विद्युत् उत्पादनसँगै विभिन्न पर्यटकीयस्थलको विकास गरिने बताउनुभयो । पोखरा, भरतपुर र लुम्बिनी क्षेत्रलाई इलेक्ट्रिसिटी ग्रिन करिडोरका रूपमा विकास गर्ने काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । शक्तिखोर औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिलाई सहज बनाइने उल्लेख गर्दै उहाँले यहाँ औद्योगिक क्षेत्र स्थापना हुनुमा आफू पनि सकारात्मक रहेको बताउनुभयो ।

आगामी निर्वाचनपछि आउने नयाँ सरकारले नयाँ अनुहार र नयाँ सोच ल्याउनुपर्ने उल्लेख गर्दै उहाँले देशलाई समृद्धिको बाटोमा हिँडाउनसक्ने शक्ति आउनु आवश्यक रहेको बताउनुभयो । जनताले देशलाई ठोस परिणाम दिनसक्ने नयाँ शक्ति सचेत रूपमा छान्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले जिल्लाका समग्र व्यवसायीको समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने