२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा

२०८२, ५ पुष शनिबार १६:१९

काठमाडौँ | जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटनाक्रमबीच पुराना राजनीतिक दलहरुका सम्बन्धमा अनेक कोणबाट बहस चलेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै उत्पन्न चुनौतीको सामना गर्न ती दलहरु अग्रसर हुँदै गएको सन्देश प्रवाह भएको महसुस गरिएको छ ।

नेकपा एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस लामो समयसम्म चल्यो । अन्ततः एमालेले आफूलाई लोकतान्त्रिक राजनीतिक पार्टीका रुपमा पुनः परिभाषित गर्दै विधान अधिवेशन सम्पन्न भएको छोटो अवधिमा नै ११औँ महाधिवेशन सफलतापूर्वक आयोजना गर्‍यो । देश राजनीतिक सङ्कटमा परेकाबेला नेतृत्वको आलोचना वा नेतृत्वको बिदाइभन्दा पनि नेतृत्वको रक्षा हुनुपर्ने बलियो तर्क र पङ्क्ति एमालेभित्र थियो । यो महाधिवेशनले अध्यक्ष केपी शर्मा ओली र उहाँको समूहलाई उल्लेखनीय मतभारसहित निर्वाचित गर्नुले ती तर्कहरुलाई एक प्रकारले अनुमोदन गरेको छ । महाधिवेशनमा सहभागी दुई हजार २६३ प्रतिनिधिमध्ये ७० प्रतिशतले संस्थापन नेतृत्व र उक्त समूहलाई ठूलो आड र भरोसा दिएको मतपरिणामले पुष्टि गरेको छ । आन्तरिक लोकतन्त्रको उच्चतम् अभ्यासका रुपमा नेतृत्वबीचको प्रतिस्पर्धा र प्राप्त परिणामले पनि यसलाई पुनर्पुष्टि गरेको छ ।

अध्यक्ष ओलीले समामपनपत्रमा महाधिवेशनले पुराना पार्टी सकियो भन्ने गलत भाष्यलाई गलत सावित गरेको उल्लेख गर्दै अब आफूहरु विकास, सुशासन, समृद्धि र संसद् पुनःस्थापनाको बाटोमा अघि बढ्ने उद्घोष गर्नुले नेतृत्व र कार्यकर्तामा एकप्रकारको उत्साह पैदा भएको छ । महाधिवेशनले सामयिक विषयमा पारित गरेका २४ बुँदे राजनीतिक प्रस्तावमा जेनजी आन्दोलनपश्चात् राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, विकास र समृद्धिको बाटो नै देशलाई सङ्कटबाट मुक्त गर्ने उपायाका रुपमा प्रस्तुत गरिएको छ । एघारौँ राष्ट्रिय महाधिवेशनले पनि मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउने सङ्कल्प गरेको छ ।

राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र सामाजिक प्रबन्धहरु सङ्कटमा परेका र जनताका सङ्घर्षका उपलब्धिहरु नै धरापमा परेको अवस्थालाई दृष्टिगत गरी मुलुकलाई लोकतान्त्रिक मार्गमा फर्काउन संविधानका पक्षधर सबै शक्ति, विघटित संसद्मा प्रतिनिधित्व गरेका दल, सबै लोकतान्त्रिक र देशभक्त नागरिक तथा आमजनसमुदायलाई आपसी संवाद, सहकार्यका साथ अगाडि बढ्न एमालेले आह्वान गरेको छ ।
अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले नयाँ नेतृत्वलाई बधाई दिँदै सामूहिकता, विधि र पद्दतिसङ्गत रुपमा पार्टीलाई सञ्चालन गर्न सुझाव दिनुभएको छ भने अध्यक्ष ओलीले शपथ लिएपछिको पहिलो सम्बोधनमा चुनावी प्रतिस्पर्धा सकिएको र अब पार्टीलाई एकताबद्ध गर्ने बताउनुभयो । एमालेमा एकाध निर्विरोधबाहेक यो महाधिवेशनमा प्रायः सबै पदमा प्रतिस्पर्धा भयो । विजयी र पराजित दुवैले निर्वाचन प्रक्रिया र परिणामलाई स्वाभाविक रूपमा स्वीकार गरेका छन् । यसबाट पार्टीको लोकतान्त्रिक छविलाई अझ सुदृढ बनाएको छ । एमालेमा चुनाव हुँदैन, एकाकी निणर्य हुन्छन् भन्ने आरोप खण्डित भएका छन् ।

एमालेका महासचिव शङ्कर पोखरेलका विचारमा पार्टी र नेतृत्व, अध्यक्ष ओलीमाथि भइरहेको घेराबन्दीलाई चिर्दै राष्ट्रिय राजनीतिक चुनौती सामना गर्न उहाँको नेतृत्व अपरिहार्य रहेको सन्देश महाधिवेशनले स्पष्ट रूपमा प्रवाह गरेको छ । “नयाँपुस्ताको सहभागिता बढाउन विशेष आरक्षणको व्यवस्था गरिएकाले उल्लेख्य सङ्ख्यामा नवयुवा केन्द्रीय कमिटीमा प्रवेश गर्न सफल भएका छन् । महाधिवेशनले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको नीतिलाई व्यवहारमा उतारेको छ । चालिस वर्षमुनिका युवासहित करिब एक तिहाइ नयाँ केन्द्रीय सदस्यहरू महाधिवेशनबाट निर्वाचित भएका छन् । कम्युनिष्ट आन्दोलनका अग्रजहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नुलाई सकारात्मक ठानिएको छ ।
एमालेले शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिक अभ्यास तथा संवैधानिक मार्गबाट सर्वपक्षीय भावनाबमोजिम राजनीतिक निकासका लागि आफूलाई क्रियाशील राख्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा