2026-10-02 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका भइरहेको बताउनुभएको छ । द स्टार्टअप नेटवर्क नेपाल र इन्डिया नेपाल सेन्टरको संयुक्त आयोजनामा आज ललितपुरमा भएको ‘स्टार्टअप समिट २०२५’ मा उहाँले सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरेको जानकारी गराउँदै डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी भइरहेको जानकारी दिलनुभयो ।

मन्त्री खरेलले भन्नुभयो,“सूचना प्रविधिको विकासका साथै डिजिटल नेपाल निर्माणका लागि युवा पुस्तासँगै अगाडि बढ्नुपर्छ । नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग मिलेर काम गर्न चाहानुहुन्छ भने प्रस्ताव लिएर आउनुस्, सहकार्यमा काम गरौँ, अवसरको सिर्जना गर्न हामी तत्पर छौँ ।”

मन्त्री खरेलले सूचना प्रविधि, एआई र डिजिटल मार्गमा अगाडि बढ्न युवाको आवश्यकता नीतिगत रूपमै समेट्ने व्यवस्था गरिने धारणा राख्नुभयो । “राज्यले जेनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा स्वीकार गरिसकेको छ । देशका जेनजेमा पनि राजनीतिक चेतना धेरै विकास भइसकेको छ, तसर्थ हामी परिवर्तन गर्न सक्छौँ । युवाको चाहनालाई नीतिगत रूपमै सम्बोधन गर्दै अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न उचित भए पनि आमसहमति नबन्दा यसपटक त्यो सम्भव हुन नसकेको बताउनुभयो । आगामी निर्वाचन सही नेतृत्व चयन गर्ने उपयुक्त अवसर भएकाले राम्रो नेतालाई सदनमा पठाउन उहाँको आग्रह थियो ।

नेपालका लागि भारतीय पूर्वराजदूत एवम् इन्डिया नेपाल सेन्टरका अध्यक्ष मञ्जीवसिंह पुरीले प्रविधिले संसारलाई परिवर्तन गरिरहेको बताउँदै परिवर्तित समय अनुकूल काम गर्नका लागि युवा दिमागलाई सही सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्टार्टअप मात्रै नभएर साना व्यवसाय पनि भविष्यको बलियो आर्थिक हिस्सा बनिरहेको बताउनुभयो । उहाँले स–साना व्यवसाय र स्टार्टअपले देशमा रोजगारी सिर्जना गर्दै सार्वजनिक अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने