2026-10-02 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नयाँ शक्तिहरुसँग संवाद गर्ने आफूहरुको नीतिअनुसार काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहसँग छलफल भएको बताएका छन् । सोमबार काठमाडौँमा बालेन र रविबीच छलफल भएको थियो । अदालतको तारेखमा हाजिर हुन भैरहवा जान लागेका रविले मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै हिजोको भेटमा एक अर्कालाई बुझ्ने कुरामा मात्रै केन्द्रित बताए ।

बालेनलाई प्रधानमन्त्रीका लागि प्रस्तावित गर्ने विषयमा सहमति भएको हो ? भन्ने पत्रकारको प्रश्नमा रविले त्यो चरणमा प्रवेश नगरेको दाबी गरे । ‘हामी त्यो चरणमा प्रवेश गरेका छैनौं । पहिले त थाहा हुनुपर्यो, कुराकानी हुनुपर्‍यो । के कस्तो छ, कहाँ छ, के छ भन्ने बुझ्नुपर्‍यो । एक अर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्‍यो । त्यो चरणमा छौं । हतार नगर्नुस् न,’ रविले भने ।

बालेनसँग मात्रै नभइ अन्य राजनीतिक शक्तिहरुसँग पनि कुराकानी हुने उनी बताउँछन् । ‘सुधन गुरुङजीसँग कुराकानी भएको छ । कुलमानजीसँग पनि गर्छौं । रास्वपा त्यसमा लागिरहेको छ,’ रविले भने ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने