2026-10-23 11:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति

काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

आज बुढानिलकण्ठमा आयोजित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनमा उहाँले वर्तमान समयको आवश्यकताअनुसार शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक र रोजगारीसँग जोडिनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रले सरकारसँग सहकार्य पनि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उपराष्ट्रपति यादवले जेनजी युवाहरूको आन्दोलनले मुलुकलाई नयाँ सोच, मार्ग र दिशा प्रदान गरेको उल्लेख गर्दै सो आन्दोलनले शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउने प्रेरणा दिएको बताउनुभयो । शिक्षण–सिकाइ प्रक्रिया केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यवहारिक जीवनसँग जोडिनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

उपराष्ट्रपतिले निजी शिक्षालयहरूले शैक्षिक गुणस्तरमा योगदान पु¥याउने विश्वास व्यक्त गर्दै स्थानीय संस्कृति, मूल्य–मान्यता र पहिचानलाई सम्मान गर्ने पाठ्यक्रम विकासमा हिसानलगायतका संस्थाले सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले गुणस्तरीय, समावेशी र सीपयुक्त शिक्षाको प्रवद्र्धनमा निजी क्षेत्रका संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा पूर्वमन्त्री एवं हिसानका निर्देशन समिति संयोजक उमेश श्रेष्ठलगायत विभिन्न शिक्षा क्षेत्रका विज्ञ, निजी शिक्षालयका सञ्चालक, शिक्षक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शिक्षा क्षेत्रमा हिसानको योगदानको प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने