२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध

२०८२, २३ पुष बुधबार १६:५९

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न सञ्चारकर्मीहरूसँग अनुरोध गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै सञ्चारमन्त्री खरेलले सत्यतत्थ्यभन्दा बाहिर गई गैरजिम्मेवार ढङ्गबाट आफूखुसी समाचार सम्प्रेषण हुन थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिने या नदिनेबारेमा आफूले कुनै पनि निर्णय नलिएको अवस्थामा सम्प्रेषित समाचारका विषयमा आश्चर्य प्रकट गर्दै उहाँले विश्वसनीयता कायम गर्नेतर्फ आमसञ्चारमाध्यमको अब ध्यान जान आवश्यक छ भन्नुभयो ।

सञ्चारमन्त्री निर्वाचनमा उठ्न लागेको भन्ने सन्दर्भमा स्पष्ट पार्दै उहाँले भन्नुभयो, “चुनावमा उठ्ने रे भन्ने कुराहरु पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठ्न रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो, तर म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनावमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन । आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता र छलफल गरेको छैन, आउँछु भनको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन ।”

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको प्रवक्तासमेतका हैसियतले आमजनताको उल्लेखनीय सहभागितामा सफलतापूर्वक चुनाव सम्पन्न गर्न अहोरात्र खटिरहेको अवस्थामा आफूले निर्णय नगरेको विषयमा यसरी समाचार सम्प्रेषण हुँदा दुःख लागेको उहाँले बताउनुभयो । सञ्चारमन्त्री खरेलले सत्यतथ्यसहित विश्वसनीय, सन्तुलन र निष्पक्षरुपमा समाचार सम्प्रेषण गर्न आमसञ्चारकर्मीसँग अनुरोध गर्नुभयो ।

मन्त्री खरेलले चुनाव नजिकिँदै गरेको अवस्थामा मतदाता शिक्षालाई प्रभावकारी बनाउने, निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने, सही उम्मेदवार छनोट गरी बदर नहुने तरिकाले मतदान गर्नेजस्ता विषयलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्न आमसञ्चाकर्मीको ध्यानाकर्षण गर्नुभयो ।

उहाँले भन्नुभयो, “देश किन बन्न सकेन, कसका कारण बन्न सकेन, कति वटा व्यवस्था परिवर्तन भए, पञ्चायत आयो, प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, सबै व्यवस्था परिवर्तन भए, कैयौँ व्यक्तिहरु शासन व्यवस्थामा आए, सरकार चलाए, प्रधानमन्त्री–मन्त्री बने, तर देश किन बनेन, जनताको अवस्था किन सुध्रेन, किन जेनजी जनआन्दोलन हुनुपर्यो, दर्जनौँले बलदानी दिनुपर्यो भन्नेबारेमा जिम्मेवार समाचार माध्यमले समाचार ल्याउनुपर्छ, तर त्यसो हुन सकिरहेको छैन ।”

“मलुकले परिवर्तन खोजेको छ, परिवर्तनका लागि अब फेरि रगत बग्न हुँदैन, जेनजी दाजुभाइ, दिदी बहिनीहरु मर्नुपर्ने दिन फेरि आउनुहँुदैन, फेरि बलिदानी दिनुपर्ने अवस्था आउनुहुँदैन, अहिलेका विषम परिस्थितमा सबै पक्ष जिम्मेवार बनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सदुपयोग गरौँ ।” उहाँले भन्नुभयो ।

नेपालमा मिडिया धेरै भएकाले व्यवसायीकरणतर्फ जान नसकेको प्रसङ्ग उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले भन्नुभयो, “हाम्रो देशमा करिब १३ हजार पत्रकार छन्, १३ हजार वटै सञ्चारमाध्यम, त्योभन्दा बढी होला, कसरी धान्या होला, कसलाई पत्याउने हो, कसलाई मान्ने हो, देशमा १३ हजार मिडिया आवश्यक हो कि होइन, धान्न सकिन्छ कि सकिँदैन, यी सञ्चारमाध्यमलाई कसरी बचाइराख्ने हो, यसतर्फ हामी सबै गम्भीर हुन आवश्यक छ ।”

मिडियाका कारण मानिसहरु ‘मिस इन्फरमेशन’, ‘डिस इन्फरमेशन’ र ‘फेक न्यूज’को शिकार हुनेगरेको चर्चा गर्दै उहाँले यसलाई कसरी निरुत्साहित गर्ने र कसरी पत्रकारितामा व्यावसायिकता ल्याउने भन्नेबारेमा सोच्नुपर्ने समय आएको उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई फरक ढङ्गले बुझ्नुपर्ने धारणा व्यक्त गर्दै सत्यतथ्य, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गरी मुलुकलाई सही बाटोमा अघि बढाउने जिम्मेवारीमा रहेका हामी आमसञ्चारकर्मीबाट सोहीअनुसारको भूमिका निर्वाह हुनुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले सत्यतथ्यलाई उपेक्षा गरी लोकप्रिय पत्रकारिताका कारण पछिल्ला दिनमा समस्या सिर्जना भएको उल्लेख गर्दै जिम्मेवार, जवाफदेही पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष उम्मिद वागचन, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश अध्यक्ष टेनिश रेक्का, महासङ्घका काठमाडौँ अध्यक्ष शोभा अर्याल, ललितपुर अध्यक्ष रामहरि कार्की, वरिष्ठ पत्रकार कबिर राणा, महासङ्घ भक्तपुर शाखाको अध्यक्ष सुन्दर शिल्पकार र पूर्वअध्यक्ष नारायणसुन्दर किलम्बु, सम्मानित पत्रकार पेशल आचार्यलगायतका वक्ताहरूले पत्रकार हकहितका बारेमा धारणा व्यक्त गर्दै जिम्मेवार र जवाफदेही पत्रकारितमा जोड दिनुभयो ।

सो अवसरमा पत्रकार पेशल आचार्यलाई स्व भगवानदास–राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कार, लीला श्रेष्ठलाई क्रियासिल महिला पत्रकारिता पुरस्कार र विनोद कोजूलाई स्व मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ