2026-10-03 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

काठमाडौँ | पछिल्लो समय नेपाली राजनीतिमा चर्चाको विषय बन्यो काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीचको सहयात्रा ।

विभिन्न अड्कल, टिप्पणी र ‘अदृश्य शक्ति’को आरोपबीच, यो सहकार्य कसरी सम्भव भयो भन्ने विषयमा राससले यस सहयात्राको संवादको भूमिकामा रहनुभएका प्रतिनिधिसभाका पूर्व सांसद एवं रास्वपाका नेता असिम साहसँग संवाद गरेको छ ।

फरक पृष्ठभूमि, फरक स्वभाव र फरक राजनीतिक यात्राका दुई पात्र बालेन्द्र शाह र रवि लामिछानेको एकै राजनीतिक सहयात्रा सुरु भइसकेको छ । सोही सहयात्राको पहलका लागि ‘पोस्टम्यान’को भूमिका आफूले खेलेको पूर्व सांसद साहले बताउनुभयो ।

संवादका क्रममा उहाँले दुवै पक्षको मनस्थिति बुझ्ने, सन्देश आदानप्रदान गर्ने र भेटवार्ताको वातावरण बनाउन आफू र अर्का सहकर्मी, आफनै दाजु आसिफ साहले गरेको पहल स्मरण गर्नुभयो । औपचारिक वार्ताले मात्र नभइ विश्वासले एकता सम्भव भएको उहाँको तर्क छ । उहाँकाअनुसार राजनीतिक गणितले नभएर व्यक्तिगत विश्वास र सम्बन्धले सहमति सम्भव भएको हो ।

“अदृश्य शक्ति होइन, दृश्य शक्ति नै हामी दुई जना हौँ”, उहाँले भन्नुभयो, “सहयात्रा सहज थिएन । रवि लामिछानेको जेल बसाइ, अदालती प्रक्रिया, प्रमुख बालेनको पारिवारिक शोक, धेरै अवरोध आए । अन्तत सभापति रिहा हुनुभयो । पुस ७ गते भेट सम्भव भयो । कति समय मिडियाबाट जोगिँदै, स्थान परिवर्तन गर्दै राति गरिएको भेटले नयाँ राजनीतिक समीकरणको आधार तयार ग-यो ।”

यस सहयात्रा चुनावी रणनीति मात्र हो कि दीर्घकालीन राजनीतिक परिवर्तनको सङ्केत हो भन्ने प्रश्नमा नेता शाहले भन्नुभयो, “सात/आठ घण्टासम्मको गहिरो संवाद, आपसी समझदारी र देश विकासको समान लक्ष्यले यो सहयात्रालाई दीर्घकालीन बनाएको छ ।”

शाह मन र दिमाग दुवै मिलेर भएको एकता भएको बताउनुहुन्छ । यो सहयात्रा लामो समयसम्म जाने विश्वास उहाँको छ । वैकल्पिक शक्ति छरिएर हैन एकजुट हुनुपर्ने आवश्यकता बोध भएपछि दाजु आसिफ र आफूले पहल थालेको उहाँको भनाइ थियो । रास्वपाले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा वैकल्पिक शक्ति एक ठाउँमा उभिने क्रमलाई जारी राखेको बताउनुभयो ।

“छरिएर रहेका वैकल्पिक शक्ति एउटै प्लेटफर्म, एउटै भाँडो आवश्यक थियो । आजको मितिमा त्यो प्लेटफर्म रास्वपा नै हो,” उहाँले भन्नुभयो । निर्वाचनअघि नै कतिपयले रास्वपा प्रधानमन्त्री र सरकार बनाउन हतार गरेको भन्ने प्रतिक्रियामा आफूहरु स्पष्ट रहेको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार सहयात्राको मुख्य राजनीतिक सन्देश नै दुई तिहाइको सरकार र बालेन शाह प्रधानमन्त्री हो । अहिले रास्वपाले संसदीय दलको नेताका रूपमा बालेनलाई अघि सारिसकेको छ । “एक महिना अघि देश चुनावतर्फ जान्छ कि जाँदैन भन्ने अनिश्चितता थियो । संसद् पुनःस्थापनाको चलखेल र सरकार ढाल्ने प्रयास चलिरहेका थिए । तर बालेन र रवि एक ठाउँमा आएपछि देश चुनावतर्फ होमिएको छ”, उहाँले भन्नुभयो, “बालेन पक्ष चुनावका लागि अत्यन्तै निर्णायक छ । देशभर फैलिएको ऊर्जाले चुनाव टार्ने तत्वहरूलाईसमेत पछि हट्न बाध्य बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने