2026-10-03 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट आफ्नो पार्टी कहिल्यै नभाग्ने उल्लेख गर्दै निर्वाचनका लागि निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ ।

सो पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बनाउन सरकार सफल हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले मुलुक निर्वाचनमा जाने विषयमा पार्टी स्पष्ट रहेको उल्लेख गर्दै त्यसका लागि एमाले सधैँ तयारी अवस्थामा रहेको धारणा राख्नुभयो । केन्द्रीय कमिटी बैठकले सिङ्गोे पार्टी पङ्क्तिलाई निर्वाचनका लागि सधैँ तम्तयार रहन र आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गरेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले नेकपा (एमाले) का तर्फबाट तोकिएकै समयमा समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइ सकिएको जानकारी दिनुभयो । पार्टीमा उम्मेदवार बन्न योग्य, समेट्नुपर्ने र भूमिका खेल्न सक्ने व्यक्तिहरू धेरै भए पनि तोकिएको ११० को सीमा, समावेशी क्लस्टर संरचना र भौगोलिक सन्तुलनका कारण सबै पक्ष पूर्णरूपमा समेट्न कठिन भएको उहाँले स्वीकार गर्नुभयो ।

अध्यक्ष ओलीले पार्टी नेतृत्वले सिफारिस प्रक्रियाको विश्वसनीयता कायम राख्दै सबै पक्षलाई ध्यानमा राखेर उम्मेदवारको अन्तिम निर्णय गर्ने स्पष्ट पार्नुभयो । निर्णय भइसकेपछि आकांक्षीहरूसहित सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध, दृढ सङ्कल्पित र उच्च मनोबलका साथ निर्वाचन अभियानमा होमिनुपर्ने उहाँको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने