२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

२८ पुष २०८२, सोमबार १५:०४

काठमाडौँ | यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत् सेवा अवरुद्ध भएको छ । मुस्ताङको घरपझोङ-३ स्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हावाका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जनाएको हो ।

थासाङ गाउँपालिका-४ मिसीस्थित केन्द्रिय विद्युत् प्रसारण लाइनको खम्बामा हावाहुरीले क्षति पुर्‍याएपछि नियमित प्रसारण भइरहेको विद्युत् ४८ घण्टादेखि अवरुद्ध भएको विद्युत् वितरण संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा थासाङ-२ स्थित ३३ केभी सवस्टेसन मर्मतका लागि सेवा अवरुद्ध गरिएकामा आइतबार राति आएको हावाहुरीले विद्युत्का खम्बामा क्षति पुर्‍याएपछि सेवा अवरुद्ध भएको हो ।

कार्यालय प्रमुख थकालीले खम्बामा क्षति भएका स्थानमा विद्युत् प्राधिकरणका प्राविधिक टोली मर्मतका लागि परिचालित भइसकेका जानकारी दिनुभयो । थासाङ-२ कोवाङमा प्राधिकरणको ३३ केभी सवस्टेसन रह पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा विद्युत् प्रसारणमा समस्या हुँदै आएको छ ।

थासाङ-१ टुकुचेमा १३ मेगावाट क्षमताको थापाखोला हाइड्रोले विद्युत् उत्पादन गरिरहे पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा केन्द्रीय प्रसारण लाइनमा प्राविधिक समस्या आएमा मुस्ताङ अन्धकारमय हुने गरेको प्रमुख थकालीले बताउनुभयो ।

थापाखोला हाइड्रोले उत्पादित विद्युत् प्राधिकरण वितरण गर्दै आएको छ । जिल्लाका माथिल्लो क्षेत्रमा प्राधिकरणको पहुँच स्थापित नहुँदा मुस्ताङमा पटकपटक विद्युतीय समस्या उत्पन्न हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।

हिउँदयामको अत्यधिक चिसो मौसममा विद्युत् आपूर्ति बन्द हुँदा सरकारी कार्यालयका नियमित कामकाजका साथै स्थानीयलाई टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्नलगायत दैनिक काममा समस्या परेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…