2026-10-03 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ?

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गएरातिदेखि टिकट वितरण गरिरहेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवार टुंगो लागेका निर्वाचन क्षेत्रको टिकट वितरण भइरहेको हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्तापलट भएपछि देशभर भोलि (माघ ६ गते) मनोनयन दर्ता हुँदै छ ।

रास्वपाले यसअघि २०७९ मा निर्वाचन जितेका निर्वाचन क्षेत्रमा अधिकांश पुरानै अनुहार दोहोर्‍याएका छन् । रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट चुनाव लड्ने छन् ।

वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा–५ बाट चुनाव लड्नका लागि टिकट लिएर गइसकेका छन् । २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा विजयी बनेका शिशिर खनाल काठमाडौँ–६, गणेश पराजुली काठमाडौँ–७, काठमाडौँ–८मा विराजभक्त श्रेष्ठ, डीपी अर्याल (डोलप्रसाद) काठमाडौँ–९, डा. तोसिमा कार्कीले ललितपुर–३ बाट चुनाव लड्ने गरी टिकट पाएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर–२ मा निर्वाचित बनेकी सोविता गौतमले यसपटक चितवन–३ रोजेकी छन् । उनको प्रतिस्पर्धा चितवन भरतपुरकी निवर्तमान मेयर रेनु दाहालसँग हुनेछ । चितवन–१ मा हरि ढकालले टिकट पाएका छन् । यसअघिको निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

ओखलढुंगाबाट चुनाव लड्नका लागि विश्वराज पोखरेलले टिकट पाएका छन् । झापा–१ निशा डाँगी, झापा–२ इन्दिरा रानामगर, झापा–३ प्रकाश पाठक, झापा–४ मा शम्भु (सुस्केरा) चुनावी मैदानमा होमिँदैछन् । तनहुँ–१ मा स्वर्णिम वाग्ले चुनाव लड्नेछन् । तनहुँ–२ मा श्रीराम न्यौपाने र धादिङ क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठले टिकट पाएका छन् । धनुषा–३ बाट मनिष झा प्रतिस्पर्धा गर्नेछन् ।

ताप्लेजुङबाट वीरेन्द्र श्रेष्ठ, उदयपुर–२ बाट सूर्यबहादुर तामाङ, लमजुङमा धर्मबहादुर केसी, गोरखा–१ मा सुदन गुरूङ, गोरखा–२ कवीन्द्र बुर्लाकोटी, नवलपुर–१ राजन गौतम उमेदवार बन्नेछन् ।

कञ्चनपुर–१ मा जनकसिंह धामी, कञ्चनपुर–२ दीपक बोहरा, कञ्चनपुर–३ ज्ञानेन्द्र महताराले टिकट पाएका छन् । अछाम–२ मा भुपदेव शाह, कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–३ मा लक्ष्मण थारू, कैलाली–४ मा हरि रेग्मी, कैलाली–५ मा आनन्द चन्द, बाँके–३ मा खगेन्द्र सुनार, दाङ–२ मा विपीन आचार्यले टिकट पाएका छन् ।

रुपन्देही–३ मा डा. लेखजंग थापा, कास्की–२ मा उत्तम पौडेल, स्याङ्जा–१ मा धनञ्जय रेग्मी, बाजुरा हेमराज थापाले प्रतिस्पर्धा गर्नेछन् ।

नुवाकोट–१ मा डा.विक्रम तिमिल्सिना, नुवाकोट–२ मा डा. अच्युतम लामिछाने रास्वपाको उमेदवार बन्नेछन् । दाङ क्षेत्र नम्बर–३ मा कमल सुवेदी, लमजुङमा धर्म केसी, नवलपुर–१ मा राजन गौतमले टिकट पाएका छन् ।

जुम्लामा विनिता कठायत, कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता, दोलखामा जगदीश खरेल, मोरङ –१ मा अधिवक्ता यज्ञमणि न्यौपाने, मोरङ–३ मा गणेश कार्कीले टिकट पाएका छन् ।

बागलुङ–२ मा जेनजी युवा सोम शर्मा र रामेछापमा डा. कृष्णहरि बुढाथोकी उमेदवार छन् । भक्तपुर–२ मा पत्रकार राजिव खत्रिले टिकट पाएका छन् ।

बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिइसकेका छन् । उनी पनि सिरहाबाट चुनाव लड्न रास्वपाका आकांक्षी हुन् । डलेलधुराबाट सागर ढकाल पनि आकांक्षी छन् । तर, डडेलधुराको टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने