2026-10-02 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा

काठमाडौँ | दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नं १ मा ११ वटा राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार आगामी फागुन २१ हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, उज्यालो नेपाल, राष्ट्रिय जनमुक्ति पार्टीसहित दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नं १ मा नेपाली कांग्रेसका भरतराज ढकाल, एमालेका मीनप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मीलगायत उम्मेदवार रहेका छन् ।

क्षेत्र नं २ मा ११ राजनीतिक दल र चार जना स्वतन्त्र उम्मेदवारसहित १५ जनाको उम्मेदवारी परेको क्षेत्र नं २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल, एमालेका खिमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रे, नेपाली कम्युनिष्ट पार्टीका पदमबहादुर विश्वकर्मालगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता