2026-10-02 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौँ | यही बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले सिद्धार्थ राजमार्ग बुटवल–पोखरा खण्ड सुधार आयोजना तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । साथै, तोकिएको उद्योग व्यवसायको क्षेत्रमा विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने निर्णय पनि गरिएको छ । बैठकले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलाई नयाँ दिल्लीमा माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने फस्र्ट साउथ एसियन एग्रो फोरेस्ट्री एन्ड फ्रिज अर्थ साइड फोरेस्ट कन्फ्रेन्समा सहभागी हुन स्वीकृति दिएको छ ।

२०८२ भदौ २३–२४ गते भएको प्रदर्शनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले नेपाल सरकारको प्रतिनिधित्व गर्दै पुष १५ गतेदेखि १७ गतेसम्म बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी परराष्ट्र मन्त्रीको भ्रमण समर्थन गर्ने निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरू –

१. सिद्धार्थ राजमार्ग बुटवल पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने,

२. तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग अटोमेटिक रुटबाट हुने विदेशी लगानीको माथिल्लो सिमा हटाउन स्वीकृति दिने,

३. भारतको नयाँ दिल्लीमा २०८२ माघ २२ देखी २४ गतेसम्म सञ्चालन हुने फस्र्ट साउथ एसियन एग्रो फोरेस्ट्री एण्ड फ्रिज अर्थ साइड फोरेस्ट कन्फ्रेन्समा कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियार र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिने,

४. २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने,

५. नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ पुष १५ देखि १७ गते सम्म बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी भएका माननीय परराष्ट्र मन्त्रीको बंगलादेश भ्रमण समर्थन गर्ने,

६. नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्लामा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण गर्ने प्रयोजनको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपलब्ध गर्न स्वीकृति दिने,

७. नेपाल सरकारको नाममा दर्ता श्रेष्ठ कायम रहेको काभ्रेपलानचोक जिल्लामा रहेको एक रोपनी जग्गा खानेपानी तथा सरसफाई डिभिजन नम्बर ३ सिन्धुपाल्चोकलाई उपलब्ध गर्न स्वीकृति दिने,

८. मिति २०८१ फागुन २७ मा प्रतिनिधिसभाबाट पारित मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई मिति २०८१ फागुन २७ गतेको अतिरिक्त अंक गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने,

९ . गृहमन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता