2026-10-02 06:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् । झापा क्षेत्र नम्बर ५ मा जनता तथा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले उक्त घटनाको जिम्मेवारी प्रधानमन्त्रीमाथि थोपर्नु गलत रहेको स्पष्ट पारेका हुन् । उनले भने, ‘भदौ २३ मा यत्रो युवाहरू मारिए । त्यो हत्याको आरोप केपी ओलीमाथि लगाइयो। प्रधानमन्त्री बन्दुक समातेर बस्ने, गोली चलाउन जाने व्यक्ति हुँदैन । सेना, प्रहरी र सशस्त्र प्रहरीको आ–आफ्नो जिम्मेवारी हुन्छ ।’

उनले सुरक्षा व्यवस्थापन प्रशासनको जिम्मामा रहने उल्लेख गर्दै प्रधानमन्त्रीले गोली चलाउने आदेश दिने वा नदिने भूमिका नभएको जिकिर गरे । उनले घटनापछि फैलाइएका आरोप र प्रचारलाई ‘आयातित भ्रम’को संज्ञा दिँदै भने, ‘यो गाउँका मान्छेले बनाएको कुरा होइन। बाहिरबाट पठाइएको भ्रम हो । त्यही भ्रममा परेर मान्छेहरू उकासिए, कुदाइए, तोडफोड, आगजनी र लुटपाट गराइयो।’ यस्तो भ्रम फैलाउने शक्तिहरू नै अहिले ठूलो स्वरमा बोलिरहेको ओलीको आरोप थियो ।

अध्यक्ष ओलीले एमालेमाथि विरोध नयाँ विषय नभएको भन्दै दुई तिहाइ बहुमतसहित सरकार गठन गर्दा र विकास निर्माणका काम गर्दा पनि चर्को विरोध भएको स्मरण गराए । ‘हामी देश बनाउन लागिरहेका छौँ, त्यसैले हाम्रो विरोध भएको हो,’ उनले भने, ‘हामी देश बनाउने र देश जोगाउने अभियानमा छौँ ।’उनले आफू सरकारबाट हटेपछि झापा क्षेत्रमा विनियोजन भएका बजेट रोकिएको बताए । उनले भने, ‘म सरकारबाट हट्नेबित्तिकै यहाँका बजेट रोकिए । अहिले हामीसँग प्रतिस्पर्धा गर्न आउनेहरू नै बजेट रोकाउनेहरू हुन्।’ ओलीले यस क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गर्दै ‘यहाँ केही भएन’ भन्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता