2026-10-20 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले कमजोर नभएको दाबी गरेका छन्। ओखलढुङ्गा एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै देश बनाउने पार्टी एमाले मात्रै भएको जिकिर गरे।

उनले भने, ‘हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन् सबै। त्यसको जिम्मा पनि लिएर उनीहरूले हामी हौँ भनिसके, अब भविष्यमा देश बनाउँदै जाने कि जलाउँदै जाने रु अराजकता मच्चाउँदै जाने कि विधिको शासनको राज बनाउँदै जाने भन्नेमा लडाइँ चलिरहेको छ।’

उनले ओखलढुङ्गामा अस्मिता थापा हार्नु भनेको १६५ मध्ये एक ठाउँमा देश हार्नु भएको भन्दै जिताउन लाग्न पार्टीपंक्तिलाई निर्देशन दिए।‘एउटा ठाउँमा पनि देशले हार्न हुँदैन, देशले जित्नुपर्छ’ उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै भने, ‘मेरै ठाउँमा पनि केही ठुटे सिंङ लिएर पुगेका छन्। सिँगौरी खेल्दै, मैले केही भन्नै पर्दैन, अण्डा दुई प्रकारको हुन्छन् एउटा बतासे, एउटा साँच्चैको, बतासे अण्डाबाट चल्ला निस्कँदैन। ती बतासे अण्डाबाट कुनै चल्ला निस्कनेवाला छैन।’

उनले रास्वपासँग कुनै सङ्गठन, नीति कार्यक्रम, उद्देश्य केही नभएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ